singel post top banner

बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
38 Views
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
समाचार सारांश
  • काठमाडौँ।
  • बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा मंगलबार हलचोक, स्वयम्भूस्थित नं.

काठमाडौँ। बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा मंगलबार हलचोक, स्वयम्भूस्थित नं. १९ बगलामुखी विशेष कार्यदल गणमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा बिहान ७ बजेर ३५ मिनेटको पूजाको साइतमा कार्यक्रम सुरु भएको थियो। पूजाका क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाएका थिए।

सशस्त्र प्रहरी बल, नेपालले बडादसैँका अवसरमा आफ्नो सांगठनिक परम्पराअनुसार हरेक वर्ष निशान, मौलो तथा कोत पूजा गर्दै आएको छ।

समारोहमा सशस्त्र प्रहरी बलको सलामी टोलीले निशान भगवतीलाई सलामी अर्पण गरेको थियो। त्यसपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधान कार्यालय तथा उपत्यकास्थित इकाइका वरिष्ठ अधिकृत, सिनियर अधिकृत, अधिकृत र बिल्लादार जवानहरूले पूजाअर्चना तथा मौलो परिक्रमा गरेका थिए।

समारोहको समापनमा महानिरीक्षक पौडेलले मौलो पूजा व्यवस्थापन तथा सञ्चालनमा उत्कृष्ट योगदान पुर्‍याउने सशस्त्र प्रहरी कर्मचारीलाई पगरी र नगद पुरस्कार प्रदान गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता २०८२, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता २०८२, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन सुधार: ‘म्याजिक लाइट’ हस्तान्तरण
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन सुधार: ‘म्याजिक लाइट’ हस्तान्तरण
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
कोलकातामा दुर्गा पूजा पण्डाल नजिक भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
कोलकातामा दुर्गा पूजा पण्डाल नजिक भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?