वैदेशिक रोजगार बोर्डले माग्यो १० स्वयंसेवक कर्मचारी
- काठमाडौं – वैदेशिक रोजगार बोर्डले १० स्वयंससेवक कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
- बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेट र कार्यक्रम अनुसार स्वयंसेवक पदपूर्ति गर्न आवेदन खुलाएको हो।
काठमाडौं – वैदेशिक रोजगार बोर्डले १० स्वयंससेवक कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेट र कार्यक्रम अनुसार स्वयंसेवक पदपूर्ति गर्न आवेदन खुलाएको हो। यस अवसरमा इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार सदस्य, अंगभंग वा बिरामी भएका श्रमिक, र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक र उनीहरूको परिवारका सदस्यहरूलाई स्वयंससेवक कर्मचारीको रूपमा छनोट गर्ने जनाएको छ। छनोट भएका कर्मचारीहरू असार मसान्तसम्म स्वयंसेवकका रूपमा काम गर्नेछन्।
आवेदकको उमेर सीमा भने यस्तो छ: परिवारका सदस्यका लागि १८ वर्ष पूरा भएको र पुरुषका लागि ३५ वर्ष ननाघेको, महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, न्यूनतम माध्यमिक तह (कक्षा १२) उत्तीर्ण भएको आवश्यक छ।
आवेदकहरूले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, र आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। वैदेशिक रोजगारीका क्रममा अंगभंग वा बिरामी भएका श्रमिक र परिवारको हकमा १००% क्षतिपूर्ति प्रमाणपत्र पनि आवश्यक हुनेछ। मृत्यु भएका श्रमिकको परिवारले मृत्यु प्रमाणपत्र, क्षतिपूर्ति प्राप्ति अभिलेख, र नेपाली दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
यस्तै, वैदेशिक रोजगारीको पुष्टि गर्न राहदानीको छाया प्रति, श्रम स्वीकृति र सम्बन्धित कागजातहरू पनि आवश्यक हुनेछ। नाता प्रमाणित गर्न विवाह र जन्मदर्ता, नागरिकता वा अन्य सरकारी कागजातहरू बुझाउन सकिनेछ।
छनोट प्रक्रिया कम्प्युटर सिप परीक्षा र अन्तर्वार्ताका आधारमा हुने छ। मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ। छनोट भएमा, स्वयंससेवक कर्मचारीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिइनेछ। आवेदनमा कुनै शुल्क लाग्ने छैन।
बोर्डले यस अवसरको सदुपयोग गर्न आम नेपाली नागरिकहरूलाई आग्रह गरेको छ, र योग्य उम्मेदवारहरूले आवश्यक कागजातसहित आवेदन दिन अपिल गरेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






