singel post top banner

वैदेशिक रोजगार बोर्डले माग्यो १० स्वयंसेवक कर्मचारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, भाद्र ३, २०८३
71 Views
वैदेशिक रोजगार बोर्डले माग्यो १० स्वयंसेवक कर्मचारी
समाचार सारांश
  • काठमाडौं – वैदेशिक रोजगार बोर्डले १० स्वयंससेवक कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
  • बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेट र कार्यक्रम अनुसार स्वयंसेवक पदपूर्ति गर्न आवेदन खुलाएको हो।

काठमाडौं – वैदेशिक रोजगार बोर्डले १० स्वयंससेवक कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेट र कार्यक्रम अनुसार स्वयंसेवक पदपूर्ति गर्न आवेदन खुलाएको हो। यस अवसरमा इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार सदस्य, अंगभंग वा बिरामी भएका श्रमिक, र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक र उनीहरूको परिवारका सदस्यहरूलाई स्वयंससेवक कर्मचारीको रूपमा छनोट गर्ने जनाएको छ। छनोट भएका कर्मचारीहरू असार मसान्तसम्म स्वयंसेवकका रूपमा काम गर्नेछन्।

आवेदकको उमेर सीमा भने यस्तो छ: परिवारका सदस्यका लागि १८ वर्ष पूरा भएको र पुरुषका लागि ३५ वर्ष ननाघेको, महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, न्यूनतम माध्यमिक तह (कक्षा १२) उत्तीर्ण भएको आवश्यक छ।

आवेदकहरूले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, र आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। वैदेशिक रोजगारीका क्रममा अंगभंग वा बिरामी भएका श्रमिक र परिवारको हकमा १००% क्षतिपूर्ति प्रमाणपत्र पनि आवश्यक हुनेछ। मृत्यु भएका श्रमिकको परिवारले मृत्यु प्रमाणपत्र, क्षतिपूर्ति प्राप्ति अभिलेख, र नेपाली दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

यस्तै, वैदेशिक रोजगारीको पुष्टि गर्न राहदानीको छाया प्रति, श्रम स्वीकृति र सम्बन्धित कागजातहरू पनि आवश्यक हुनेछ। नाता प्रमाणित गर्न विवाह र जन्मदर्ता, नागरिकता वा अन्य सरकारी कागजातहरू बुझाउन सकिनेछ।

छनोट प्रक्रिया कम्प्युटर सिप परीक्षा र अन्तर्वार्ताका आधारमा हुने छ। मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ। छनोट भएमा, स्वयंससेवक कर्मचारीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिइनेछ। आवेदनमा कुनै शुल्क लाग्ने छैन।

बोर्डले यस अवसरको सदुपयोग गर्न आम नेपाली नागरिकहरूलाई आग्रह गरेको छ, र योग्य उम्मेदवारहरूले आवश्यक कागजातसहित आवेदन दिन अपिल गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली कांग्रेसको स्पष्ट धारणा: तीन दल मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार
नेपाली कांग्रेसको स्पष्ट धारणा: तीन दल मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?