singel post top banner

सामूहिक सयपत्री फूलखेतीमा महिला

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, आश्विन ३०, २०८२
221 Views
सामूहिक सयपत्री फूलखेतीमा महिला
समाचार सारांश
  • तनहुँ।
  • यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

तनहुँ। यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका-४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन्।

यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन्। तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन्।

अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेथ्र्यौं। हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो। गाउँपालिकामा यसबारेमा जानकारी लियौं, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौं।”

समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन्।

उनका अनुसार सयपत्री फूल प्रतिकिलो तीन सय र प्रतिमाला एक सय ५० मा बिक्री हुने गरेको छ। घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन्।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए। गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए।

“स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ। उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारबाट नै कामकाज सुरु गरे
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारबाट नै कामकाज सुरु गरे
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
singel sidbar banner
singel sidbar banner 2