singel post top banner

गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
37 Views
गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौर भन्सार कार्यालयअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

रौतहट । रौतहटको गौर भन्सार कार्यालयअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयअगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतको शिवहर जिल्लाको रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय छन्। गिरी मोहन गिरीका छोरा हुन् भने राय रामेश्वर रायका छोरा हुन्।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय र एउटा मोबाइल बरामद भएको डीएसपी गौतमले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत र उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगले प्रदेश र स्थानीय तहलाई अनुदान कटौती नगर्न सरकारलाई ध्यानाकर्षण
राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगले प्रदेश र स्थानीय तहलाई अनुदान कटौती नगर्न सरकारलाई ध्यानाकर्षण
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
singel sidbar banner
singel sidbar banner 2