singel post top banner

गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
36 Views
गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौर भन्सार कार्यालयअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

रौतहट । रौतहटको गौर भन्सार कार्यालयअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयअगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतको शिवहर जिल्लाको रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय छन्। गिरी मोहन गिरीका छोरा हुन् भने राय रामेश्वर रायका छोरा हुन्।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय र एउटा मोबाइल बरामद भएको डीएसपी गौतमले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत र उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरी हलखोरी बजारमा भीषण आगलागी, पसल र सामग्रीमा ठूलो क्षति
महोत्तरी हलखोरी बजारमा भीषण आगलागी, पसल र सामग्रीमा ठूलो क्षति
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा
नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
विनाकारण भीआईपी पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
विनाकारण भीआईपी पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
singel sidbar banner
singel sidbar banner 2