singel post top banner

जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, श्रावण १७, २०८३
93 Views
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
समाचार सारांश
  • जनकपुरधाम ।
  • संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भएको छ।

जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भएको छ। गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुनः मौखिक सहमति भएको जानकारी प्राप्त भएको छ।

वार्तामा थप केही बुँदा समेटिएर कुल १८ बुँदामा पुगिएको छ। मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट बुझाइएको छ। यद्यपि, शनिबार राति भएको वार्तामा रहेका १३ बुँदालाई स्पष्ट पार्ने काम पनि भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले यस विषयमा जानकारी दिए।

प्रेम प्रसाद लुइँटेलका अनुसार, वार्तामा भने, “हिजोको विषयमा केही अस्पष्टता थियो, विशेष गरी लेटरप्याडमा हस्ताक्षरको कुरामा। गृहमन्त्रीले आफ्ना स्पष्टता दिएका छन् र वार्ता १३ बुँदामा टुंगिएको छ।” उनले थपे, “मिडियामा आएको कुराका बारेमा पनि गृहमन्त्रीले स्पष्टता दिएका छन् र सहभागीहरू सन्तुष्ट भएका छन्। आन्दोलनको कार्यक्रम पनि फिर्ता लिइएको छ।”

हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि केही कुराहरू सच्याएको बताए। वार्ता सकिएपछि सञ्चारमाध्यमसँगको जिज्ञासा सोध्दा उनले भने, “केही कुराहरू सच्याइएको छ। गृहमन्त्रीले मागहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्। साथै, उनले कुनै हालतमा गोली हान्न नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।”

यसैबीच, शनिबार राति गृहमन्त्रीलाई प्रस्तुत गरिएको १३ बुँदे मागपत्रमा, पहिलो नम्बरमा हिन्दू राष्ट्र स्थापनाको विषय थियो भने अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने कुरा उल्लेख थियो।

सामाजिक सद्भाव कायम राख्न र विवादहरू टुङ्ग्याउन भएको यस वार्ताले दुवैतर्फको मनोबल उच्च बनाएको देखिन्छ। अब आन्दोलन स्थगित भएको र शान्तिपूर्ण सहमति कायम भएको आशामा जनताका बीच सुखद संदेश फैलिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
युएई र कतारमाथि इरानको हवाई आक्रमण
युएई र कतारमाथि इरानको हवाई आक्रमण
सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो, तीन चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव खुल्ने
सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो, तीन चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव खुल्ने
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
संसदीय समितिले निजी क्षेत्रसँग सुझाव माग्दै कानुनी प्रक्रियाका झन्झट हटाउन पहल
संसदीय समितिले निजी क्षेत्रसँग सुझाव माग्दै कानुनी प्रक्रियाका झन्झट हटाउन पहल
सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको मूल्य केही उतारचढावमा
सुनको मूल्य निरन्तर वृद्धि, चाँदीको मूल्य केही उतारचढावमा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?