singel post top banner

जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, श्रावण १७, २०८३
64 Views
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
समाचार सारांश
  • जनकपुरधाम ।
  • संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भएको छ।

जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भएको छ। गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुनः मौखिक सहमति भएको जानकारी प्राप्त भएको छ।

वार्तामा थप केही बुँदा समेटिएर कुल १८ बुँदामा पुगिएको छ। मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट बुझाइएको छ। यद्यपि, शनिबार राति भएको वार्तामा रहेका १३ बुँदालाई स्पष्ट पार्ने काम पनि भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले यस विषयमा जानकारी दिए।

प्रेम प्रसाद लुइँटेलका अनुसार, वार्तामा भने, “हिजोको विषयमा केही अस्पष्टता थियो, विशेष गरी लेटरप्याडमा हस्ताक्षरको कुरामा। गृहमन्त्रीले आफ्ना स्पष्टता दिएका छन् र वार्ता १३ बुँदामा टुंगिएको छ।” उनले थपे, “मिडियामा आएको कुराका बारेमा पनि गृहमन्त्रीले स्पष्टता दिएका छन् र सहभागीहरू सन्तुष्ट भएका छन्। आन्दोलनको कार्यक्रम पनि फिर्ता लिइएको छ।”

हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि केही कुराहरू सच्याएको बताए। वार्ता सकिएपछि सञ्चारमाध्यमसँगको जिज्ञासा सोध्दा उनले भने, “केही कुराहरू सच्याइएको छ। गृहमन्त्रीले मागहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्। साथै, उनले कुनै हालतमा गोली हान्न नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।”

यसैबीच, शनिबार राति गृहमन्त्रीलाई प्रस्तुत गरिएको १३ बुँदे मागपत्रमा, पहिलो नम्बरमा हिन्दू राष्ट्र स्थापनाको विषय थियो भने अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने कुरा उल्लेख थियो।

सामाजिक सद्भाव कायम राख्न र विवादहरू टुङ्ग्याउन भएको यस वार्ताले दुवैतर्फको मनोबल उच्च बनाएको देखिन्छ। अब आन्दोलन स्थगित भएको र शान्तिपूर्ण सहमति कायम भएको आशामा जनताका बीच सुखद संदेश फैलिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
आजको IPL T20 खेल: RCB बनाम GT पूर्ण विवरण
आजको IPL T20 खेल: RCB बनाम GT पूर्ण विवरण
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
जनकपुरधाममा निर्वाचन आचारसंहिता उल्लंघन, १५ सयभन्दा बढी अवैध प्रचार सामग्री हटाइयो
जनकपुरधाममा निर्वाचन आचारसंहिता उल्लंघन, १५ सयभन्दा बढी अवैध प्रचार सामग्री हटाइयो
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?