singel post top banner

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, चैत्र ३०, २०८१
816 Views
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
समाचार सारांश
  • तनहुँ, ३० चैत ।
  • जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।

तनहुँ, ३० चैत । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।
६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।

लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।”

हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३र२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिनुभयो ।
केन्द्र प्रमुख गौतमले भन्नुभयो, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।”

सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए, अन्य मन्त्रीहरू समेत पदबाट हट्नु भयो
शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए, अन्य मन्त्रीहरू समेत पदबाट हट्नु भयो
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
singel sidbar banner
singel sidbar banner 2