singel post top banner

रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
38 Views
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
समाचार सारांश
  • रामेछाप ।
  • चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्।

रामेछाप । चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्।

प्रतिवादी मैया कार्कीले बयानका क्रममा आफूले चोरी गरेका सुनका गहना उनीहरूले सञ्चालन गरेका पसलमा बिक्री गरेको खुलासा गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अस्मिता श्रेष्ठ माझीको जाहेरीका आधारमा शुक्रबार मन्थली नगरपालिका–१, कटहरबोटबाट दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ स्थित दीप लक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाईली र सोही स्थानको सुविना सुनचाँदी पसलकी सञ्चालक २८ वर्षीया कनिषा विश्वकर्मा छन्।

प्रहरीले रसाईलीको पसलबाट पीडितको कानबाट झिकिएको ४२ लाल २ प्वाइन्ट तौलका सुनका दुईवटा रिङ बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
जेनजी केन्द्रको स्थापना, २२ सदस्यीय संयोजन समिति सहित देशव्यापी संगठन विस्तारको तयारी
जेनजी केन्द्रको स्थापना, २२ सदस्यीय संयोजन समिति सहित देशव्यापी संगठन विस्तारको तयारी
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
औरही नगरपालिकाले अस्थायी र करार कर्मचारीहरूको सम्झौता रद्द गर्न थाले
औरही नगरपालिकाले अस्थायी र करार कर्मचारीहरूको सम्झौता रद्द गर्न थाले
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
singel sidbar banner
singel sidbar banner 2