काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
- काठमाडौं ।
- चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँस्थित एक टहरोबाट प्रहरीले ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ४ हजार लिटर झोल पदार्थ बरामद गरेको छ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँस्थित एक टहरोबाट प्रहरीले ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ४ हजार लिटर झोल पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भएका मदन तामाङ र समीर तामाङ छन्। प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय, कलंकीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले मच्छेगाउँस्थित टहरोमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका थिए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, कलंकी पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






