सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
- डोटी ।
- डोटीमा विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदको परिवारलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ।
डोटी । डोटीमा विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदको परिवारलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ।
गत जेठ २२ गते सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारीको अभ्यासको क्रममा साउँदको ज्यान गएको थियो। यस घटनामा मृत्यु भएका जवानको परिवारलाई सहानुभूति र सम्मान व्यक्त गर्न, सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले स्वर्गीय साउँदका आमाबुवालाई भेट्न पुगेका थिए।
बिहानै घरमै पुगेर, उनले स्वर्गीय जवानको परिवारलाई सम्मान स्वरूप नगदसहित सम्मानित गरे। यस अवसरमा, सुवेदीले ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’बाट स्वर्गीय साउँदका बुवा नन्नाबहादुर साउँदलाई २५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरे।
भेटघाटको क्रममा, बाहिनीपति सुवेदीले जवानको परिवारको अवस्था, आवश्यकताहरू र आगामी दिनमा सहकार्यका विषयमा समेत छलफल गरे। उनले भने, “सशस्त्र प्रहरी बलको यो मानवीय पहलले जवानहरूको परिवारलाई केही हदसम्म राहत र हौसला प्रदान गर्दछ।”
‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतद्वारा स्थापना गरिएको हो।
स्रोत अनुसार, स्वर्गीय सुरज साउँदले चार वर्षअघि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्सामा दरवन्दी भई, हाल सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत थिए। उनले प्रदेशस्तरीय मनसुनजन्य विपद् सिमुलेसन अभ्यासको क्रममा सप्तकोशी नदीमा ज्यान गुमाएका थिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






