singel post top banner

आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २९, २०८१
188 Views
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि।
  • आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ।

आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ। तदनुसार सन् २०२५ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। साढे सातको प्रभाव भए पनि शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ।

सिंह : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

वृश्चिक : दिन सामान्य छ। शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : लगानीका क्षेत्रमा घाटा हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल भए पनि मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट प्राप्त सेवाका अवसरको सदुपयोग गर्नुपर्नेछ।

कुम्भ : एकल निर्णय आजको लागि तपाईंलाई घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। औषधी नियमित नगर्दा रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसमा महाधिवेशनको मिति लिएर टकराव, विभाजनको खतरा बढ्दै
नेपाली कांग्रेसमा महाधिवेशनको मिति लिएर टकराव, विभाजनको खतरा बढ्दै
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रमा ज्येष्ठ नेता श्यामकुमार खड्का
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रमा ज्येष्ठ नेता श्यामकुमार खड्का
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
न्यून गुणस्तरका औषधीको समस्या, विभागले तत्काल बिक्री रोक्न निर्देशन
न्यून गुणस्तरका औषधीको समस्या, विभागले तत्काल बिक्री रोक्न निर्देशन
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?