singel post top banner

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत

belwo post title ad banner
महेश सिंह महेश सिंह
सोमबार, पौष २८, २०८२
218 Views
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
समाचार सारांश
  • जनकपुरधाम ।
  • जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँको वार्षिक संशोधित बजेट स्वीकृत गरेको छ।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँको वार्षिक संशोधित बजेट स्वीकृत गरेको छ। आइतबार सम्पन्न उपमहानगरपालिकाको १४औं (हिउँदे) नगरसभा बैठकले यो बजेट पारित गरेको हो।

बैठकमा उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, राजस्व बाँडफाँट, आन्तरिक राजस्व र गत आर्थिक वर्षबाट बाँकी रहेको रकमसहितको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गरे।

प्रस्तुत प्रतिवेदन अनुसार, हालसम्म उपमहानगरपालिकाले ९९ करोड ४१ लाख २५ हजार ४५७ रुपैयाँ आम्दानी गरेको छ भने, खर्च ४१ करोड ७ हजार ८०८ रुपैयाँ भएको जानकारी दिइएको छ। यसअघिको १३औं नगरसभाबाट स्वीकृत अनुमानित आय–व्ययको आधारमा कार्यान्वयनमा आएको रकमको आधारमा बजेट संशोधन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बैठकले नगरपालिकाको तर्फबाट कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी स्थायी कर्मचारीजस्तै महँगो भत्ता स्वरूप मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयले लामो समयदेखि करार कर्मचारीले उठाउँदै आएको मागलाई सम्बोधन गरेको जनाएको छ।

अर्को निर्णय अनुसार, नगर क्षेत्रभित्रको व्यवस्थित विकासका लागि जग्गा वर्गीकरणसम्बन्धी काम अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ। भूमि उपयोग व्यवस्थापन र योजनाबद्ध शहरी विकासका लागि जग्गा वर्गीकरण एक महत्वपूर्ण आधार भएको उल्लेख गरिएको छ।

उपमहानगर प्रमुख मनोजकुमार साहको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति थियो। बैठकमा नगरको आर्थिक अवस्था, चालु योजनाहरूको प्रगति, र आगामी दिनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

उपमहानगरपालिकाले संशोधित बजेटमार्फत विकास निर्माण, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र वित्तीय अनुशासनलाई प्राथमिकता दिँदै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालबाट चोरी भएका दुई अमूल्य पुरातात्विक मूर्तिहरू अमेरिका बाट फिर्ता, नेपाललाई हस्तान्तरण
नेपालबाट चोरी भएका दुई अमूल्य पुरातात्विक मूर्तिहरू अमेरिका बाट फिर्ता, नेपाललाई हस्तान्तरण
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई सोमबार संवाद गर्ने घोषणा
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?