singel post top banner

आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, चैत्र ३, २०८१
272 Views
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत ३ गते आइतबार चैत कृष्ण पक्षको द्वितीया तिथि।
  • तदनुसार सन् २०२५ मार्च १६ तारिख।

आज २०८१ साल चैत ३ गते आइतबार चैत कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ मार्च १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले सचेत बन्नु उचित हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ।

मिथुन : व्यवहारमा संकट आइपर्ने जोखिम छ। अरुको सेवा गर्दा आफ्नो ख्याल गर्न भुल्ने बानीले घाटा हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। औषधी नियमित सेवन नगर्दा रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ।

सिंह : दिन सामान्य राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म सञ्चालन हुने भएकाले सोचेर काम गर्नुपर्ने समय आएको छ। परिवार भन्दा बाहिरको कुरा बुझ्नु आवश्यक देखिन्छ।

कन्या : दिन राम्रो छ। कृषि र फलफूलको कारोबारमा फाइदा हुनेछ। जग्गाको कारोबारबाट राम्रो नाफा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। यात्राले मन शान्त बन्नेछ।

तुला : दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ।

वृश्चिक : दिन राम्रो छ। परिवारका सदस्यसँग भेटघाट हुनेछ। आम्दानीबाट नाफा हुनेछ। विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ। निजी क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। शत्रु बढ्नेछन्। काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारमा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शुभ ग्रहको साथ रहेको छ। सोचेको काम बन्नेछ। साथीभाइले साथ र सहयोग गर्नेछन्। धार्मिक क्षेत्रमा घुमघाम चल्नेछ। यात्राले नयाँ शिक्षा प्राप्त हुनेछ। मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुन्छ।

मीन : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सुरुवाती साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?