singel post top banner

नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, श्रावण ३०, २०८३
66 Views
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
समाचार सारांश
  • नुवाकोट ।
  • शिवपुरी गाउँपालिका – ०७, थानाभञ्ज्याङमा आज बिहान बस र माइक्रो भ्यानबीच भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नुवाकोट । शिवपुरी गाउँपालिका – ०७, थानाभञ्ज्याङमा आज बिहान बस र माइक्रो भ्यानबीच भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ८:२५ बजे भएको हो।

प्राप्त जानकारीका अनुसार, बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुड्दै सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै वाहन सडकबाट लगभग ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। ती मध्ये दुई जनालाई अस्पतालै मृत घोषणा गरिएको छ। मृतकहरूमा काभ्रेपलान्चोक, बनेपा नगरपालिका-८ का करिब ५४ वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछाप, ठाडादेवी गाउँपालिका-२ का करिब ६५ वर्षीय उदयमाया खत्री रहेका छन्।

घाइतेहरूमा सर्लाही, लालबन्दी नगरपालिका-९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने करिब २५ वर्षीय सुजता पोखरेल, काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१० का करिब ४२ वर्षीय सर्मिला श्रेष्ठ र दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने करिब ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन्। ती सबैको उपचार ग्रिनसिटी अस्पतालमा जारी रहेको छ।

यो घटना स्थानीय र प्रहरी निकायहरूका लागि गम्भीर चासोको विषय बनेको छ। प्रहरी थप अनुसन्धान गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
दैलेख युवकको हत्या मामिला: जुनीचाँदे जात्रा हेर्न जांदा जाजरकोटमा जाँदा हत्या, अभियुक्तहरू पक्राउ
दैलेख युवकको हत्या मामिला: जुनीचाँदे जात्रा हेर्न जांदा जाजरकोटमा जाँदा हत्या, अभियुक्तहरू पक्राउ
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो, तीन चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव खुल्ने
सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो, तीन चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव खुल्ने
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
singel sidbar banner
singel sidbar banner 2