नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
- नुवाकोट ।
- शिवपुरी गाउँपालिका – ०७, थानाभञ्ज्याङमा आज बिहान बस र माइक्रो भ्यानबीच भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नुवाकोट । शिवपुरी गाउँपालिका – ०७, थानाभञ्ज्याङमा आज बिहान बस र माइक्रो भ्यानबीच भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ८:२५ बजे भएको हो।
प्राप्त जानकारीका अनुसार, बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुड्दै सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै वाहन सडकबाट लगभग ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। ती मध्ये दुई जनालाई अस्पतालै मृत घोषणा गरिएको छ। मृतकहरूमा काभ्रेपलान्चोक, बनेपा नगरपालिका-८ का करिब ५४ वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछाप, ठाडादेवी गाउँपालिका-२ का करिब ६५ वर्षीय उदयमाया खत्री रहेका छन्।
घाइतेहरूमा सर्लाही, लालबन्दी नगरपालिका-९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने करिब २५ वर्षीय सुजता पोखरेल, काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१० का करिब ४२ वर्षीय सर्मिला श्रेष्ठ र दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने करिब ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन्। ती सबैको उपचार ग्रिनसिटी अस्पतालमा जारी रहेको छ।
यो घटना स्थानीय र प्रहरी निकायहरूका लागि गम्भीर चासोको विषय बनेको छ। प्रहरी थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






