विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, इमरान र लोकेशको कीर्तिमानी अर्धशतक
- काठमाडौं ।
- इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।
काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनायो। विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए भने ओपनर लोकेश बमले ५० रन जोडे। एनपीएलको इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो।
इमरानले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। लोकेशले ४० बलको सामना गर्दै समान ३ चौका र ३ छक्का प्रहार गरे। ओपनर शेहान जयसूर्या विराटनगरको स्कोर २ रन हुँदा आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे। जारी सिजनमा यो पहिलो शतकीय साझेदारी हो।
आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे। शुभम रञ्जाने ७ रनमा अविजित रहे। जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






