singel post top banner

मिथिलाको सांस्कृतिक धरोहर: जोगिरा गीतको संरक्षण र पुनरुत्थानको आवश्यकता

belwo post title ad banner
रासस रासस
बिहिबार, फाल्गुन १४, २०८२
129 Views
मिथिलाको सांस्कृतिक धरोहर: जोगिरा गीतको संरक्षण र पुनरुत्थानको आवश्यकता
समाचार सारांश
  • धनुषा ।
  • वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन अहिले सुनिन छाडेको छ।

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन अहिले सुनिन छाडेको छ। श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन्।

“कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!” जस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिला मिथिलाको होलीलाई जीवन्त बनाउँथे। यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ, जसले होलीको मौलिकता र सांस्कृतिक महत्त्वलाई परिभाषित गर्दछ।

संस्कृतिविद् किशोरी साहका अनुसार, जोगिराले होली खेल्नेहरूबीच माया, सद्भाव र उत्साहको सन्देश प्रवाह गर्दछ। उनले भनिन्, “होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ। सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन। होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ।”

विगतका अनुभवहरूलाई स्मरण गर्दै, मिथिला नगरपालिका–२ नक्टाझिजाका ७२ वर्षीय रामपृत महतोले भन्नुभयो, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँमा जोगिरा गाइन्थ्यो। अहिले ढोल, मृदङ्ग केही बज्दैँन, फागुका गीत पनि सुनिदैँन।” उनका अनुसार, जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएर परम्परा सङ्कटमा परेको छ।

क्षीरेश्वरनाथले विदेश पलायन र संस्कृती हस्तान्तरण हुन नसक्ने कारणले मौलिक परम्पराले लोप हुने जोखिम बढेको बताए। “यसपालिको होली नजिक आइपुगेको छ, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल,” उनले थपे, “पुराना परम्परा जानेका, बुझ्नेहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ। गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन्।”

हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतोले जोगिराको पुरानो शैली स्मरण गर्दै भने, “किनका के हाथ कनक पिचकारी, किनका के हाथ अबीर झोरी? रामजी के हाथ कनक पिचकारी, सियाजी के हाथ अबीर झोरी… जोगिरा सररर…!”

मिथिला क्षेत्रका पुराना होली गीतहरू, जस्तै ‘जोगिरा’, सामाजिक भेदभाव मेट्दै, समानता र सद्भावको सन्देश दिन्थ्यो। तर, अहिले ‘डिजे’ संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिकता हराउँदै गएको संस्कृतिभीद्धरू बताउँछन्। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले भन्नुभयो, “मौलिक परम्परा र सांस्कृतिक धरोहरलाई जोगाउन आवश्यक छ, जसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ।”

मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होली गीतहरू मिथिला माध्यमिकी परम्परासँग जोडिएको सांस्कृतिक हिस्सा हो। धार्मिक मान्यताअनुसार, फाल्गुण शुक्ल पूर्णिमाको रात होलिका दहन गरी भोलिपल्ट रंग खेल्ने परम्परा रहिआएको छ। जोगिराले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सेतुको भूमिका निर्वाह गर्दछ।

जनकपुरधाम–१२ का सतीशलाल कर्णले भने, “पहिलाका होली गीतहरूमा धार्मिकता, उमङ्ग र सांस्कृतिक प्रकाश झल्किन्थ्यो। अहिले भने उच्छृङ्खल गीतले स्थान लिएको छ।”

हरिहरपुरका रामलाल महतोका अनुसार, सामाजिक विखण्डनले पनि जोगिरा परम्परालाई कमजोर बनाएको छ। सखुवा बजारका सत्यनारायण सिंहले स्मरण गरे, “पहिले राति चोकमा भेला भएर झ्याल, मृदङ्ग, ढोल र डम्फा बजाउँदै समूहगत रूपमा जोगिरा गाइन्थ्यो। अहिले त्यो दृश्य देख्न पाइँदैन।” वैदेशिक रोजगारीका कारण युवा पुस्ताको बाहिरिने प्रवृत्तिले पनि परम्परालाई असर गरेको हो।

संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार, ग्रामीण क्षेत्रका होली गीतहरूमा स्थानीय माटोको सुगन्ध र मौलिकता झल्किन्थ्यो। “पश्चिमी प्रभाव र अश्लीलता मौलिक जोगिरालाई विस्थापित गर्दै गएको छ,” उनले भनिन्।

साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमलले जोगिराको संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताए। “होली यस्तो हुनुपर्छ जहाँ महिला, पुरुष निर्धक्क भएर सहभागी हुन सकुन् र विश्वले मिथिलाको उदाहरण प्रस्तुत गरोस्,” उनले जोड दिए।

यसैबीच, मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा जोगिरा प्रतियोगिता आयोजना गर्दै यसको संरक्षणको प्रयास गरिरहेको छ। यद्यपि, परम्परागत जोगिराको मौलिकता जोगाउन राज्य, स्थानीय तह र समुदाय सबैको सक्रिय चासो आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीलाका लागि आभार व्यक्त गरे
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीलाका लागि आभार व्यक्त गरे
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
सर्लाहीमा सवारी दुर्घटनाको संख्या र कारबाहीको रिपोर्ट – ६ महिनामा २९ मृतक
सर्लाहीमा सवारी दुर्घटनाको संख्या र कारबाहीको रिपोर्ट – ६ महिनामा २९ मृतक
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
थाइल्याण्डमा अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करी र लागूऔषध मुद्दामा दुईजना पक्राउ
थाइल्याण्डमा अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करी र लागूऔषध मुद्दामा दुईजना पक्राउ
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?