singel post top banner

मधेशमा वन कर्मचारी सरुवामा मनोमानी भएको आरोप, चुरे अभियानको धर्ना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
13 Views
मधेशमा वन कर्मचारी सरुवामा मनोमानी भएको आरोप, चुरे अभियानको धर्ना
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवा मनोमानी र अपारदर्शी भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ।

जनकपुरधाम । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवा मनोमानी र अपारदर्शी भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको गेटअगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन्। सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको भन्दै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएकालाई मात्रै सरुवा गरिएको आरोप लगाए। मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको आदेशमा केही कर्मचारीको सरुवा रोकिएको दाबी गर्दै उनले निर्णयको आधार र जिम्मेवार व्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा सरुवा अवधि पूरा गरेका कर्मचारीको निष्पक्ष र पारदर्शी सरुवा गर्न, सबै निकायमा समान मापदण्ड लागू गर्न, सरुवामा भएका त्रुटि सच्याउन र कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा पदस्थापन गर्न माग गरिएको छ।

त्यस्तै, राजनीतिक संरक्षण र अपारदर्शी चलखेल रोक्न, सरुवा रोक्नुको कारण सार्वजनिक गर्न तथा महिला र नवप्रवेशी कर्मचारीमाथिको विभेद र मानसिक दबाब अन्त्य गरी सम्मानजनक कार्यस्थल सुनिश्चित गर्न अभियानले माग गरेको छ।

अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। माग पूरा नभए मन्त्रालय र मुख्यमन्त्री कार्यालयअगाडि थप सशक्त धर्ना तथा प्रदेशव्यापी निर्णायक आन्दोलन गर्ने चेतावनी उनले दिएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
रौतहट गौरमा साम्प्रदायिक तनाव समाप्त, शान्ति सद्भाव र्‍यालीले विश्वास पुनःस्थापना गर्दै
रौतहट गौरमा साम्प्रदायिक तनाव समाप्त, शान्ति सद्भाव र्‍यालीले विश्वास पुनःस्थापना गर्दै
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?