singel post top banner

भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे, बुधबारदेखि सम्हाल्ने जिम्मेवारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
5 Views
भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे, बुधबारदेखि सम्हाल्ने जिम्मेवारी
समाचार सारांश
  • काठमाडौं ।
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्।

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। पदभार सम्हाल्न आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे।

भारतीय विदेश मन्त्रालयले गत असोजको अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल भ्रमणमा आउनुअघि नै दलेला काठमाडौं आइपुगेका हुन्।

दलेला यसअघि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। भारतले नेपालका लागि विदेश सचिवस्तरका करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलोपटक हो।

सन् २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालेका दलेलाले त्यसअघि तीन वर्ष भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। हाल उनको कार्यक्षेत्रमा भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषय पर्छन्।

दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनको कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु भएको हो। भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा सेवा गरेका छन्।

उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयको नर्थ डिभिजनमा र सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा सहसचिवका रूपमा कार्यरत रहँदा उनले भुटान र नेपालसँगको भारतको सम्बन्धमा काम गरेका थिए।

व्यापार तथा आर्थिक नीतिमा पनि अनुभव भएका दलेलाले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन्। उनले विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका थिए।

दलेला अमेरिकामा भारतका महावाणिज्यदूतसमेत रहेका थिए। उनले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा काम गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको आरोपमा गोविन्द अधिकारी पक्राउ
गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको आरोपमा गोविन्द अधिकारी पक्राउ
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू
नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू
नेपाल–भारतबीच ऊर्जा र प्रसारण लाइन विकासका सम्झौतासहित उच्चस्तरीय भेटवार्ता
नेपाल–भारतबीच ऊर्जा र प्रसारण लाइन विकासका सम्झौतासहित उच्चस्तरीय भेटवार्ता
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?