singel post top banner

ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, चैत्र १५, २०८२
125 Views
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
समाचार सारांश
  • काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारको नीति र योजनानुसार जनताले तत्काल महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
  • मन्त्रालयको उच्च नेतृत्वलाई आज दिइएको यस निर्देशनमा उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन आवश्यक रहेको बताउनुभएको हो।

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारको नीति र योजनानुसार जनताले तत्काल महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। मन्त्रालयको उच्च नेतृत्वलाई आज दिइएको यस निर्देशनमा उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन आवश्यक रहेको बताउनुभएको हो।

मन्त्री श्रेष्ठले भने, “ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको उचित उपयोग र सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादन वृद्धिको लक्ष्य प्राप्त गर्न स्पष्ट कार्ययोजना, समयमै कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक छ।” उहाँले मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकासमा जोड दिनुभएको छ।

यसैगरी, मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले भने, “ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्छ। आगामी दिनमा देखिएका चुनौतीलाई अवसरमा परिणत गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गर्न आवश्यक छ। यसले मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ।”

मन्त्री श्रेष्ठको यस निर्देशनले सरकारको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास र समृद्धिमा थप गति ल्याउने अपेक्षा गरिएको छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?