singel post top banner

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको आरोपमा गोविन्द अधिकारी पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
18 Views
गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको आरोपमा गोविन्द अधिकारी पक्राउ
समाचार सारांश
  • पोखरा ।
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो फैलाएको आरोपमा उनलाई कास्कीबाट पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाइएको प्रहरीले जनाएको छ।

गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको अनुसन्धानका क्रममा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरीको भनाइ छ।

कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजालले पक्राउ गोरखामा दर्ता भएको मुद्दाको अनुसन्धान प्रक्रियाअनुसार गरिएको बताए। “निर्देशनभन्दा पनि फेक समाचार र भिडियो आएको सम्बन्धमा गोरखामा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको थियो,” उनले भने, “उनको लोकेसन कास्कीमा देखिएकाले यहाँबाट पक्राउ गरेर थप अनुसन्धानका लागि गोरखा पठाएका हौँ।”

अधिकारीले गृहमन्त्री सुधन गुरुङको कार्यक्रमबारे भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको प्रहरीको आरोप छ। उनलाई गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको नेकपाले आरोप लगाएको छ। प्रहरीले भने घटनाबारे विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ।

यसैबीच, वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिले अधिकारीलाई निशर्त रिहा गर्न माग गरेको छ। लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णय र गतिविधिको आलोचना गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समितिले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश नलगाउन आग्रह गरेको छ। राज्यसत्ताको दमनले नागरिकको आवाज नदबिने र प्रतिरोध अझ सशक्त बन्ने चेतावनी पनि उसले दिएको छ।

वाईसीएल कास्कीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको जनाएको छ। तीमध्ये अधिकारीलाई तत्काल रिहा गर्न तथा राजनीतिक आस्था, विचार वा सरकारको आलोचनाका आधारमा हुने धरपकड, राजनीतिक प्रतिशोध र राज्यशक्तिको दुरुपयोग बन्द गर्नुपर्ने माग छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
गृहमन्त्री सुधन गुरुङले रवि लामिछानेप्रति विश्वास व्यक्त गर्दै सरकार र पार्टीको दृढता व्यक्त गरे
गृहमन्त्री सुधन गुरुङले रवि लामिछानेप्रति विश्वास व्यक्त गर्दै सरकार र पार्टीको दृढता व्यक्त गरे
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
राष्ट्रिय एकता दलद्वारा बागमती घाटमा श्रद्धाञ्जली
राष्ट्रिय एकता दलद्वारा बागमती घाटमा श्रद्धाञ्जली
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
एन्फा मुख्यालयको ताला खोलेर कार्यसमितिको बैठक बस्ने बहुमत सदस्यको तयारी
एन्फा मुख्यालयको ताला खोलेर कार्यसमितिको बैठक बस्ने बहुमत सदस्यको तयारी
रवि लामिछानेको रिहाइपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
रवि लामिछानेको रिहाइपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
राष्ट्र बैंकले पुनः २०८३ को लागि २० अर्ब रुपैयाँको ऋणपत्र जारी
राष्ट्र बैंकले पुनः २०८३ को लागि २० अर्ब रुपैयाँको ऋणपत्र जारी
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?