singel post top banner

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, चैत्र ७, २०८१
654 Views
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
समाचार सारांश
  • काठमाडौं, चैत ७ ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ।

काठमाडौं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।

यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
अरनिको राजमार्ग पुनः सञ्चालन, स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ८ दिनपछि खुल्यो
अरनिको राजमार्ग पुनः सञ्चालन, स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ८ दिनपछि खुल्यो
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद
विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?