लहानमा १२ किलो गाँजासहित २४ वर्षीय युवक पक्राउ
समाचार सारांश
- सिरहा — लहानबाट सशस्त्र प्रहरीले १२ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा लहान नगरपालिका–११, पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाई रहेका छन्।
सिरहा — लहानबाट सशस्त्र प्रहरीले १२ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–११, पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाई रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको बलान खोला क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा सदाई पक्राउ परेका हुन्। उनले बोकेको झोला जाँच गर्दा १२ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित सदाईलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिए।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
स्वास्थ्य क्षेत्रका चार विधेयक प्रतिनिधिसभामा पेस, मातृत्व बिदा र स्वास्थ्यकर्मी सुरक्षामा जोड
नाम अनुसारको काममा बिश्वासनियता राख्दै माखन भोग
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
कांग्रेसको विवाद: देउवा पक्षले निर्वाचन आयोगको निर्णय अस्वीकार र सर्वोच्च अदालत जाने घोषणा
भक्तपुरमा पछिल्लो एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता
ट्रेन्डिङ






