singel post top banner

नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले

belwo post title ad banner
रासस रासस
बुधबार, पौष २३, २०८२
140 Views
नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले
समाचार सारांश
  • नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
  • निर्वाचनको सुरक्षालाई सुनिश्चित गर्नका लागि संगठनले हालसालै गरेको तयारी, सुरक्षा रणनीति र चुनौतीहरूको सामना गर्नको लागि अपनाएको कदमहरू सार्वजनिक गरिएको छ।

नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचनको सुरक्षालाई सुनिश्चित गर्नका लागि संगठनले हालसालै गरेको तयारी, सुरक्षा रणनीति र चुनौतीहरूको सामना गर्नको लागि अपनाएको कदमहरू सार्वजनिक गरिएको छ।

‘निर्वाचनको सुरक्षा स्थिति र तयारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सम्पूर्ण सुरक्षा व्यवस्था बलियो र भरपर्दो रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए। उनले भने, “प्रहरीको सबै युनिटहरू सशक्त र परिचालित छन्। निर्वाचन लक्षित सुरक्षा गतिविधिहरू सुरु भइसकेका छन्। केन्द्र, प्रदेश र जिल्लास्तरमा विशेष सुरक्षा योजना लागू गरिएको छ।”

निर्वाचनको माहोललाई सुरक्षित बनाउने उद्देश्यले मतदान केन्द्रहरूमा गस्ती, पेट्रोलिङ, पिकेटिङ र चेकिङ जस्ता कार्यहरू तीव्र रूपमा भइरहेको छ। सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती सञ्चालन भैरहेको छ।

‘सामना गर्नुपर्ने सुरक्षा चुनौतीहरू र रणनीति, विभिन्न राजनीतिक दल, युवा समूह र जातीय समुदायबीचको मतभेद र अन्तर्द्वन्द्व बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी संगठनले यसलाई चुनौतीको रुपमा लिएको छ। साथै, सोशल मिडिया मार्फत गलत सूचना, जातीय र धार्मिक विभाजन, र सामाजिक द्वेषपूर्ण गतिविधिहरूले निर्वाचनमा अवरोध पुर्‍याउने सम्भावनालाई पनि प्रहरी सचेत रहेको छ।

त्यसैगरी, दुर्गम र हिमाली क्षेत्रहरूमा हुने कठिनाइहरू, प्रतिकूल मौसम, र अनिश्चित अवस्थाले पनि सुरक्षा चुनौती बढाउने अनुमान गरिएको छ। यसका लागि समग्र सुरक्षा योजना बनाइएको र जिल्लास्तरमा कार्यान्वयन भइरहेको अधिकारीहरूले बताए।

प्रहरी संगठन र जेन-जी आन्दोलनका क्षति र पुनर्निर्माण, जेन-जी आन्दोलन दौरान प्रहरी कार्यालय र भौतिक संरचनामा भएको क्षतिलाई पुनःनिर्माण गर्न नागरिक र प्रहरीबीचको सहकार्य उल्लेखनीय रहेकोछ। हालसम्म, ४ सय ५९ युनिटमध्ये ४ सय ४९ पुनःनिर्माण भएका छन्। प्रहरी संगठनले नागरिकको समर्थन र सहयोगलाई सम्मान गर्दै, यसलाई आफ्नो बलियो आधार मानिरहेको छ।

‘मनोबल र प्रहरीको सेवा, सुविधा,प्रहरीको मनोबल उच्च रहेको र यसलाई खस्किएको भन्ने भ्रमलाई संगठनले खण्डन गरेको छ। संगठनले भने, “प्रहरीको जनविश्वास र मनोबल उच्च छ। नागरिकको साथ र सहयोगले हाम्रा सबै गतिविधि सफल भइरहेका छन्।”

संगठनले प्रहरी कर्मचारीको कल्याणमा पनि विशेष ध्यान दिएको छ। वीरगति प्राप्त प्रहरीको परिवारलाई राहत, आर्थिक सहयोग, र रोजगारीको व्यवस्था गरिएको छ। घाइते प्रहरीलाई उपचार र सेवामा प्राथमिकता दिइएको छ।

निर्वाचन सुरक्षा सुनिश्चितता र नयाँ प्रहरी भर्ती, अगामी निर्वाचनमा ७७ हजार प्रहरी परिचालन हुने तयारी छ। यसका लागि, एक लाख ३३ हजार नौ सय ८० ‘निर्वाचन प्रहरी’ भर्नाको प्रक्रिया अघि बढिरहेको छ। भर्ना छनोट र तालिम प्रक्रिया स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अधिकारीहरूले बताए।

पूर्वसुरक्षाकर्मी, पूर्ववान रक्षक र अन्य योग्य व्यक्तिहरूलाई पनि भर्ना गर्न सकिने व्यवस्था भएको छ। यसरी, सुरक्षा बललाई थप सशक्त बनाउँदै, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउने अभियान जारी रहेको छ।

मतदाताको सुरक्षा र निर्वाचनको वातावरण निर्वाचन क्षेत्रमा सुरक्षा र शान्ति कायम राख्न विशेष ध्यान दिइएको छ। २८४५ मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरिएकाले, सुरक्षा व्यवस्था तीव्र रूपमा परिचालित गरिएको छ।

नेपाल प्रहरीले भने, “भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध छौं। कुनै पनि हालतमा आम नागरिक र मतदाताको सुरक्षामा सम्झौता हुँदैन।”

नेपाल प्रहरीको निरन्तर तयारी, रणनीति र नागरिकसँगको सहकार्यले आगामी निर्वाचनलाई सफल, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ। संगठनले यस पटकको निर्वाचनलाई अझै भव्य र शान्तिपूर्ण बनाउने दृढता प्रकट गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
अर्थमन्त्रीले निजी क्षेत्रमाथिको आक्रमण अस्वीकार्य र समयमा निर्वाचन आवश्यक बताए
अर्थमन्त्रीले निजी क्षेत्रमाथिको आक्रमण अस्वीकार्य र समयमा निर्वाचन आवश्यक बताए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?