singel post top banner

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, आश्विन २१, २०८२
339 Views
ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक
समाचार सारांश
  • काठमाडौं।
  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिनेकि नलिने भन्नेमा अझै दोधार रहेको छ।

काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिनेकि नलिने भन्नेमा अझै दोधार रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखहरुको गोप्य बैठकमा यो विषय छलफल भएपनि विना निष्कर्ष टुंगिएको थियो।

जेन-जी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी थिइन्। छलफलमा प्रहरीले जाहेरीपछि मुठभेड भएमा सरकार जिम्मेवार हुन्छ भने मात्रै जाहेरी लिने बताएका थिए।

प्रधानमन्त्री कार्कीले यसको कानुनी पाटोको विषयमा छलफल गरेकी थिइन्। ‘प्रधानमन्त्रीज्यूले छलफल गर्नुभएको हो, अहिलेसम्म कुनै आदेश आएको छैन’, एक उच्च प्रहरी अधिकृतले डिसी नेपालसँग भने।

गृहमन्त्रालयले यो विषयमा आजै एउटा निर्णय लिने बताइएको छ। ‘गृहमन्त्रालयबाट वा प्रधानमन्त्री कार्यालयबाट आजै कुनै निर्णय आउनसक्छ’, स्रोतले भन्यो। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर गुरुङको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बसेको थियो।

जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ। काठमाडौंका संवेदनशील ठाउँमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब बढेपछि बालुवाटारमा मध्यरातिसम्म चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेपनि विना निष्कर्ष टुंगिएको थियो।

‘दबाब धेरै छ, यो दबाब कहाँबाट आयो भन्न सकिएन’, स्रोतले भन्यो। प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले पक्राउ गर्नलाई ‘कानुनी आधार के हुन सक्छ?’ भन्ने जिज्ञासा राखेपनि सुरक्षा अंगका प्रमुखहरुले न्यायिक छानविनको आधारमा पक्राउ गर्न सकिने बताएका थिए।

बालुवाटार बैठकअघि गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग सिंहदरबारमा छलफल गरिरहेका थिए। पछि बालुवाटारबाट बोलाइएपछि उनीहरू त्यहाँ पुगेका थिए। पछि त्यहीँ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत बोलाइएको थियो।

यस्तै, दुई दिनमा सत्ता पल्टाउने गरी भएको आन्दोलनपछि कसरी अघि बढ्ने भन्नेमा जेन-जी अगुवाबीच मतभेद देखिएको छ। जेन-जी आन्दोलनमा दमन गर्नेहरूमाथि चाल्नुपर्ने कदम, पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेजी, नयाँ नियुक्ति, भ्रष्टाचारको छानबिन, सरकारी निकायमा जेन-जीको प्रतिनिधित्वका साथै संवैधानिक र कानुनी प्रक्रियाका विषयमा उनीहरूबीच मतभेद देखिएको छ। अझ अख्तियार प्रमुख र प्रधानन्यायधीशको राजीनामाबारे झन् विवाद रहेको छ।

प्रहरी महानीरिक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटना न्यायिक छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले बेला उजुरी आउनु र प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु हो त्यसकारण त्यसको सबै जिम्मा लिने गरी प्रहरीलाई लिखित आदेश आएमा जाहेरी लिने बताएका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
सहकारी ठगीका मुद्दाका छिटो न्यायका लागि ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठनको माग
सहकारी ठगीका मुद्दाका छिटो न्यायका लागि ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठनको माग
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
स्वास्थ्य बीमा बोर्डमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर मिकरानी नियुक्त
स्वास्थ्य बीमा बोर्डमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर मिकरानी नियुक्त
singel sidbar banner
singel sidbar banner 2