singel post top banner

मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर २, २०८२
197 Views
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
समाचार सारांश
  • धनुषा : मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना लगायतका आन्दोलनको कार्यक्रम जारी राख्दा, एमालेका नेता–कार्यकर्ताहरू पनि समर्थनमा उत्रिएका छन्।
  • मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै, उनीहरूको समर्थनमा बसेका समर्थकहरूले काम गर्न दिनुपर्ने माग गरेका छन्।

धनुषा : मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना लगायतका आन्दोलनको कार्यक्रम जारी राख्दा, एमालेका नेता–कार्यकर्ताहरू पनि समर्थनमा उत्रिएका छन्।

मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै, उनीहरूको समर्थनमा बसेका समर्थकहरूले काम गर्न दिनुपर्ने माग गरेका छन्।

जनकपुरधामस्थित जनक चोकमा, मुख्यमन्त्री यादवका समर्थक र एमालेका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन्। एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले भने, “संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ” भन्दै समर्थन जनाएका छन्।

सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसै विवादमा गत मंगलबार अन्तरिम आदेश समेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न भनेको थियो।

सर्वोच्च अदालतको फैसला पर्खिरहेको समयमा, ७ दलीय गठबन्धनले मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ। आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुँदैछ।

मंगलबार ९औँ दिन पनि, जनकपुरधाममा धर्ना जारी छ। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेको कारणले देश अहिले राजनीतिक संकटमा परेको आरोप लगाएका छन्। उनले भने, “हामी मधेसमा राजनीतिक स्थिरता स्थापनाका लागि नै आन्दोलन गर्दैछौं।”

मधेसमा एमाले नेतृत्वको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलको आचरण दलीय अनुकूल नभएको भन्दै, ७ दलले मधेसमा आन्दोलन थालेका हुन्।

नवौँ दिन, मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा, ७ दलका नेता र कार्यकर्ताहरू धर्नामा बसेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी
कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
singel sidbar banner
singel sidbar banner 2