singel post top banner

मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बिहिबार, मंसिर १८, २०८२
176 Views
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
समाचार सारांश
  • जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्ररूपमा सुरु भएको छ।
  • सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने अवस्था देखिएपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका छन्।

जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्ररूपमा सुरु भएको छ। सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने अवस्था देखिएपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका छन्। यसको पश्चात् मधेश प्रदेशमा अर्को सरकार गठनका लागि सात दलबीच रस्साकस्सी सुरु भएको छ।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार, सात दलबीच अनौपचारिक वार्ता जारी छ। ‘अहिले हामी सानो–सानो समूहमा छलफलमा बसेका छौं। यो अनौपचारिक वार्ता हो,’ यादवले बताए। उनले थपे, ‘औपचारिक बैठक केहीबेरमा बस्नेछ। जसपा नेपाल सबै विकल्पमा खुला छ।’

यादवले भने, ‘संघीयता बलियो बनाउने, प्रदेशको सशक्तिकरण गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा जसपाको अडान रहन्छ। मुख्यमन्त्री पद हाम्रो लागि ठूलो महत्वको होइन। सात दलमध्ये जसको नेतृत्वमा सरकार बने पनि जसपा नेपालको समर्थन रहिरहनेछ।’

सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले सरकार नेतृत्व गर्नुपर्ने दाबी गरेको छ। कांग्रेसले मुख्यमन्त्री पदका लागि संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ। कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कृष्णप्रसाद यादवलाई सबै दलसँग वार्ता गर्ने जिम्मेवारी दिएको जानकारी दिए।

त्यसैगरी, लोसपाले पनि मुख्यमन्त्री पदमा आफ्नो दाबी पेश गरेको छ। लोसपाका सांसद उपेन्द्र महतोका अनुसार, यसअघि जितेन्द्र सोनलकै नेतृत्वमा बनेको सरकार छोटो समयसम्म रहेकाले पुनः सोनलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लोसपाले राखेको छ।

बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। पत्रमा उल्लेखित अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पाउन सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरिएको छ।

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चाँडै नै औपचारिक रुप लिन सक्ने संभावना देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टी मुद्दामा नबिल बैंकको सफलता
त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टी मुद्दामा नबिल बैंकको सफलता
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा
मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?