singel post top banner

चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, मंसिर ११, २०८२
263 Views
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
समाचार सारांश
  • काठमाडौँ ।
  • कोशी प्रदेशका पहाडी तथा तराई जिल्लाहरूलाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरू अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।

काठमाडौँ । कोशी प्रदेशका पहाडी तथा तराई जिल्लाहरूलाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरू अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । संघीय सरकारअन्तर्गत सडक विभागको पुल सेक्टर (धरान) मार्फत ४ अर्ब ६२ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक छ ।

हालसम्म सबै पुलमा गरी १ अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल सम्झौताकाे ३४.३७ प्रतिशत मात्र हो। रणनीतिक पुलका ९ मध्ये धेरैको प्रगति झनै कमजोर छ । ती ९ पुलको ७६ करोड ९८ लाख रुपैयाँको ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति १५ करोड २७ लाखमै सीमित छ ।

संख्यात्मक रूपमा धेरै रहेका स्थानीय पुलहरूको अवस्था पनि त्यति सुखद छैन। १३ स्थानीय पुलका लागि ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का सम्झौता भए पनि हालसम्म भुक्तानी १ अर्ब ४३ करोड ७१ लाख मात्रै पुगेको छ।

कार्यालयका तथ्यांक अनुसार, निर्माणाधीन २२ मध्ये केवल ३ वटाको मात्रै प्रगति सन्तोषजनक छ, बाँकी अधिकांश वर्षौँदेखि अल्झिएका छन्। पुल सेक्टर धरानका सूचना अधिकारी नवीन कुमार साहका अनुसार आधाभन्दा बढी पुलको भौतिक प्रगति ५० प्रतिशत पार गर्न सकेको छैन।

Bansilaghat Pull (1)

सबैभन्दा कमजोर प्रगति भएका पुलहरू

  • इलामको देउमाई खोलाको पुल — भौतिक प्रगति ९ प्रतिशत

  • उदयपुर–खोटाङ जोड्ने बन्सिलाघाट पुल — भौतिक ९ प्रतिशत, वित्तीय ११ प्रतिशत

  • तमोर कोरिडोरका नावा खोला, हेवा खोला, लोरिपा खोला, लाखुवा खोला पुल — औसत वित्तीय प्रगति १५.१७ प्रतिशत

  • ओखलढुंगाको दुधकोशी पुल — भौतिक प्रगति ० प्रतिशत, वित्तीय २ प्रतिशत

  • सुनकोशी (फोक्सिन्टार) पुल — केही खण्डको प्रगति शून्य

यीमध्ये धेरै ठेक्का लिएका निर्माण कम्पनीहरू लामो समयदेखि काम ओगटेर बसेको, बहाना बनाएको तथा कोभिडकालीन असर र भौगोलिक कठिनाइका कारण प्रगति प्रभावित भएको साह बताउँछन्।

राम्रो प्रगति भएका केही पुल

  • संखुवासभा–भोजपुर जोड्ने अरुण नदी (कात्तिके घাট) पुल — भौतिक प्रगति ९९ प्रतिशत

  • इलामको रिखुवा खोला पुल — ९० प्रतिशत

  • मोरङको तुर्के खोला पुल — ८५ प्रतिशत

साहका अनुसार, राम्रो काम गर्ने ठेकेदारलाई भुक्तानीमा समस्या छैन तर ढिलासुस्ती गर्ने ठेकेदारलाई बारम्बार ताकेता भइरहेको छ।

प्रदेशका मुख्य सहर र संघीय राजधानी जोड्ने महत्त्वपूर्ण पुलहरू समयमै नसक्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुका साथै लागत पनि बढ्दै गएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्ति पक्राउ
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
काठमाडौंमा इस्कोन गुरुकुलमा बाल यौन दुर्व्यवहार: पक्राउ परेका सञ्चालक र पीडित बालबालिकाको पीडा
काठमाडौंमा इस्कोन गुरुकुलमा बाल यौन दुर्व्यवहार: पक्राउ परेका सञ्चालक र पीडित बालबालिकाको पीडा
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
निर्वाचन सुरक्षा व्यवस्था कडाइका साथ, तीन स्थानमा सुरक्षा बेस र नेपाली सेनाको गस्ती
निर्वाचन सुरक्षा व्यवस्था कडाइका साथ, तीन स्थानमा सुरक्षा बेस र नेपाली सेनाको गस्ती
नेपालमा दीर्घकालीन पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक – वीरेन्द्रराज पाण्डे
नेपालमा दीर्घकालीन पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक – वीरेन्द्रराज पाण्डे
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?