singel post top banner

राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र २६, २०८१
234 Views
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
समाचार सारांश
  • रत्ननगर, चैत ।
  • चितवनको राप्ती नगरपालिका वडा नं.

रत्ननगर, चैत । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

ग्रीन सोसाईटी नेपाल रत्ननगर– ७ सौराहाको आयोजना तथा ग्रीन सोसाईटी पव्लिक स्कुल रत्ननगर– ७, राप्ती नगरपालिका वडा नं. १०, रत्ननगर प्याब्सन, जेसी आई खैरहनी पर्साको सह–आयोजना एंव शान्ति सेवा गृह काठमाण्डौं नपालको प्राविधिक सहयोगमा चौघरा कोराक स्वास्थ्य चौकीमा वृहद् निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

बृद्धबृद्धा लगाएत अन्य उमेर समुहका १८९ र बालबालिबका ९७ जना गरि २८६ जनाको सुगर तथा प्रेसर, टिटानस भ्याक्सिन, जनरल हेल्थ, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परिक्षण, आँखा उपचार तथा चस्म बितरण, स्त्री रोग सम्बन्धि परिक्षण गर्नुका साथै निःशुल्क औषधी, ब्रस, मञ्जन, लिटो र झुल बितरण गरिएको ग्रीन सोसाईटी नेपालका कोडिनेटर श्रीलाल परियारले जानकारी दिए ।

उक्त शिविरमा जचाउन आएकी राप्ती– १० की ६८ वर्षिया पूर्णीमाया चेपाङलाई स्वास प्रश्वासमा समस्या भएपछि अक्सिजन लगाएर उपचार गरिएको थियो ।

 

मुटु सुन्निएर ठूलो भएका कारण उनलाई सास फेर्न समस्या भएपछि भण्डारा बजारबाट थप अक्सिजन ल्याएर उपचार गर्न चेपाङलाई अस्पताल पठाईको परियारले जानकारी दिए ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने ग्रीन सोसाईटी नेपालका सदस्य पुरुषोत्तम लामिछानेले जानकारी दिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
कालिमाटीमा सरकारी प्रशासनिक भवन तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
कालिमाटीमा सरकारी प्रशासनिक भवन तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
कञ्चनपुरमा असोजमा १७ जनाले गरे आत्महत्या, १०० अपराधका मुद्दा दर्ता
कञ्चनपुरमा असोजमा १७ जनाले गरे आत्महत्या, १०० अपराधका मुद्दा दर्ता
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?