singel post top banner

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ ५, २०८२
184 Views
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
समाचार सारांश
  • काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको टिकट प्रदान गरेपछि उनले सोमबार प्रधानमन्त्री सुशीलाका कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको टिकट प्रदान गरेपछि उनले सोमबार प्रधानमन्त्री सुशीलाका कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

मन्त्री पदबाट अलग हुनुको मुख्य कारण दलीय राजनीतिमा सक्रिय हुनुपर्ने आवश्यकतामा रहेको उनले बताएका छन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, “मन्त्रीको भूमिका छोड्दै दलीय राजनीतिमा सक्रिय भएर राष्ट्रसेवा गर्न चाहन्छु।” खरेलले आफूले वर्तमान गैरराजनीतिक नागरिक सरकारको स्वतन्त्र पहिचान र पारदर्शिता कायम राख्न पदबाट हट्ने निर्णय लिएको उल्लेख गरेका छन्।

उनले थप भने, “लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनआशयलाई ध्यानमा राख्दै, अब दलीय राजनीतिमा सक्रिय भएर जिम्मेवारी वहन गर्न चाहन्छु।” मन्त्री खरेलले आफ्नो कार्यकाललाई निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितको आधारमा सञ्चालन गरेको जिकिर गरे।

उनले प्रधानमन्त्री सुशीलाका कार्कीको नेतृत्वमा रहेको सरकारलाई सम्मानित गर्दै भने, “सत्ताको स्वार्थभन्दा माथि उठेर इमानदारी, निष्ठा र नैतिकताको परिचय दिएको सरकारलाई धन्यवाद दिन चाहन्छु।” उनले आगामी आमनिर्वाचनमा सफलताका लागि सरकारको प्रयासमा आफू पनि सहभागी हुन पाउँदा गौरवान्वित भएको बताए।

अन्ततः, खरेलले आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव सम्मानको उन्नयनको लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, अबको आफ्नो भूमिका राष्ट्रसेवामा केन्द्रित रहनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव
पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास
बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट, प्रतिनिधि सभाको उपसभामुख पदका लागि रणनीति तय
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट, प्रतिनिधि सभाको उपसभामुख पदका लागि रणनीति तय
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?