मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
- रौतहट – सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठवटै जिल्लाबाट ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ।
- यस क्रममा कपडा, किराना, हार्डवेयर लगायतका सामग्रीहरू सहित ठूलो परिमाणको तरबुजाको बीउ पनि समातिएको छ।
रौतहट – सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठवटै जिल्लाबाट ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ। यस क्रममा कपडा, किराना, हार्डवेयर लगायतका सामग्रीहरू सहित ठूलो परिमाणको तरबुजाको बीउ पनि समातिएको छ। बरामद सामग्री आवश्यक कारबाहीको लागि सम्बन्धित निकायहरूमा बुझाइएको छ।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रवक्ता एसएसपी सुभाष भण्डारीका अनुसार, भारतबाट भन्सार छली नेपाल भित्र्याइएका यी सामानहरूलाई नियन्त्रणमा लिइएको हो। उनले थपे, “सामानहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।”
सशस्त्र प्रहरीका डीआईजी विष्णुप्रसाद भट्टले नेतृत्व गरेको सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ। उनले सीमा क्षेत्रमा हुने चोरी, तस्करी र अवैध ओसारपसारलाई रोकथाम गर्न गस्ती, निगरानी तथा सूचना संकलन प्रणालीलाई थप प्रभावकारी बनाइएको बताएका छन्।
उनका अनुसार, नेपाल-भारत सीमा क्षेत्रमा अवैध तस्करी र क्रिमिनल गतिविधि विरुद्ध नियमित र विशेष अभियान सञ्चालन भइरहेको छ। साथै, तस्कर र सम्बन्धित अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइएको छ। “आर्थिक प्रलोभनमा परेर काम गर्ने जो कोही पनि कानुनको दायरामा ल्याउनेछौं,” उनले चेतावनी दिए।
पछिल्लो समय सीमा सुरक्षामा सुधार आउने र अवैध कारोबार नियन्त्रणमा सफलता प्राप्त भइरहेका कारण स्थानीय तह र सुरक्षा क्षेत्रका विशेषज्ञहरूले सशस्त्र प्रहरीको कार्यशैलीको सकारात्मक मूल्याङ्कन गरिरहेका छन्। यसले सीमा सुरक्षालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






