विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
- विराटनगर – विराटनगरको सीमा क्षेत्रबाट प्रहरीले ठूलो मात्रा गाँजा बरामद गरेको छ।
- सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका-१६, दरैयास्थित कोलर चोकमा एक अस्पतालको भ्यानमा लुकाइएको अवस्थामा करिब ६० केजी गाँजा बरामद गरेको हो।
विराटनगर – विराटनगरको सीमा क्षेत्रबाट प्रहरीले ठूलो मात्रा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका-१६, दरैयास्थित कोलर चोकमा एक अस्पतालको भ्यानमा लुकाइएको अवस्थामा करिब ६० केजी गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार राति करिब ११:०० बजे ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोक्न खोजिएको थियो। सुरक्षाकर्मीले गाडी चेकजाँच गर्न थालेपछि चालकले गाडी छोडेर फरार भएका थिए। चालकको फरार भएपछि प्रहरीले भ्यानको खोजी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला पारेको हो।
प्रहरीले भने, “बरामद गरिएको भ्यान र गाँजालाई अहिले नियन्त्रणमा लिइएको छ र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।” थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यस प्रकारको ठूलो गाँजा बरामदगीले सीमावर्ती क्षेत्रमा हुने मादक पदार्थको तस्करी र अवैध कारोबारलाई रोक्न प्रहरीको सतर्कता र सक्रियता देखिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






