काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
- काठमाडौं — भोटेकोशीलगायतका नदीहरूमा आएको अप्रत्याशित बाढीले सिर्जित सङ्कटको समयमा राजनीतिक दलहरूले सहकार्य र मानवीय सहायता प्रमुख प्राथमिकता रहेको बताएका छन्।
- बिहीबार बसेको सर्वदलीय बैठकले राहत र उद्धार कार्यलाई राजनीतिक स्वार्थ र प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन भन्नेमा जोड दिएको हो।
काठमाडौं — भोटेकोशीलगायतका नदीहरूमा आएको अप्रत्याशित बाढीले सिर्जित सङ्कटको समयमा राजनीतिक दलहरूले सहकार्य र मानवीय सहायता प्रमुख प्राथमिकता रहेको बताएका छन्। बिहीबार बसेको सर्वदलीय बैठकले राहत र उद्धार कार्यलाई राजनीतिक स्वार्थ र प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन भन्नेमा जोड दिएको हो।
बैठकपछि जारी संयुक्त वक्तव्यमा भनेको छ, “विपद्को समयमा गरिने सहयोगलाई सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउन हुन्न।” यसका लागि राजनीतिक दलका नेताहरूलाई दलगत पहिचानभन्दा माथि उठेर स्वयंसेवकको रुपमा सक्रिय हुन आग्रह गरिएको छ। साथै, राहतका रकम पारदर्शी र व्यवस्थित रूपमा संकलन गर्न कुनै पनि दल वा व्यक्तिले आफूखुसी रकम संकलन नगर्न र सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा मात्र रकम जम्मा गर्न निर्देशन दिइएको छ।
भिडन्त व्यवस्थापनको लागि ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने र राहतको दुरुपयोग गर्नेलाई कडा कानुनी कारबाही गर्न सबै दल एकमत भएका छन्। यस साझा प्रतिबद्धता हस्ताक्षर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृती पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन्।
यस प्रतिबद्धताले विपद् पीडितहरूलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनामा राष्ट्रिय एकता र समर्पणको परिचायक बनेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






