singel post top banner

नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, मंसिर २, २०८२
216 Views
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
समाचार सारांश
  • काठमाडौं ।
  • नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ।

काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ। मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो।

यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन्, जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ। नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागीता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ। प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे।

नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ। विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ।

नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालाको समावेश छ। टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन्।

सो अवसरका लागि जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेका छन्। नेपाली टोलीले ऐतिहासिक सहभागीता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
मधेश प्रदेश पत्रकार सम्मेलन सुरु, नेपाल पत्रकार महासंघको महत्त्वपूर्ण बैठक
मधेश प्रदेश पत्रकार सम्मेलन सुरु, नेपाल पत्रकार महासंघको महत्त्वपूर्ण बैठक
पोखरा विमानस्थलका पूर्व आयोजना प्रमुखविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता
पोखरा विमानस्थलका पूर्व आयोजना प्रमुखविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
डा. उपेन्द्र महतोले नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिने बताए
डा. उपेन्द्र महतोले नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिने बताए
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
नोबेल मेडिकल कलेजमा शल्यक्रियाकै क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो, लापरबाही आरोपसहित उजुरी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?