singel post top banner

इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २१, २०८३
40 Views
इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी
समाचार सारांश
  • काठमाडौं ।
  • इजरायलमा केयरगिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका चार जनामाथि अनुसन्धान अघि बढाएको छ।

काठमाडौं । इजरायलमा केयरगिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका चार जनामाथि अनुसन्धान अघि बढाएको छ। ब्यूरोले ठगीमा परेका अन्य व्यक्तिलाई पनि सम्पर्कमा आएर जाहेरी दर्ता गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखा र पीडितहरूको उजुरीका आधारमा सीआईबीले रामेछापको सुनापती गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ गरेको हो। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले बुधबार जनाएको छ।

सीआईबीका अनुसार नेपाल र इजरायल सरकारबीचको ‘जीटुजी’ सम्झौताअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीलाई आरोपित समूहले निशाना बनाएको थियो। परीक्षामा उत्तीर्ण ३ हजार ४६१ जनामध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा थिए। तीमध्ये पहिलो चरणमा १५६ जनालाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै समूहले झुटो आश्वासन दिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग प्रत्यक्ष चिनजान रहेको दाबी गर्दै आरोपितहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा नक्कली कागजातसमेत तयार पारी देखाएको ब्यूरोको भनाइ छ। वैदेशिक रोजगारीको चाहना र अन्योलमा रहेका युवाको बाध्यताको फाइदा उठाएर उनीहरूले हालसम्म पीडितबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। आरोपितहरूको प्रलोभन वा भ्रममा परी ठगीमा परेका अन्य व्यक्तिलाई यथाशीघ्र सीआईबीमा उपस्थित भई जाहेरी दरखास्त दिन ब्यूरोले अनुरोध गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
त्रिशूली नदी बाढीले १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त — सडक विभाग
त्रिशूली नदी बाढीले १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त — सडक विभाग
सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
singel sidbar banner
singel sidbar banner 2