singel post top banner

सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, श्रावण १३, २०८३
87 Views
सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
समाचार सारांश
  • काठमाडौँ — सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति र स्थिरता कायम राख्न सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
  • बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा सबै दलहरूले एकमत भएर राष्ट्रिय एकता र शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ — सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति र स्थिरता कायम राख्न सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ। बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा सबै दलहरूले एकमत भएर राष्ट्रिय एकता र शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन्।

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानहरूमा भड्किएको हिंसाचार र तनावको अवस्थालाई नियन्त्रण गर्न सबै दलले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “शान्ति कायम गर्न र परिस्थिति सामान्य बनाउने लागि हामी सबैले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति गरेका छौं।”

सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप जटिलता सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्। नेता आङ्देम्बेले भने, “यस्ता गम्भीर विषयहरूमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि छलफल गर्नुपर्ने हो, तर त्यसतर्फ ध्यान नदिइएको महसुस भएको छ।”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो, “रास्वपा सभापति लामिछानेले बोलाएको यस बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा गम्भीर छलफल भयो। साथै, भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको भन्ने कुरामा दलका नेताहरूले चासो व्यक्त गरे।”

सर्वदलीय बैठकले राष्ट्रिय एकता र स्थिरता कायम गर्न सबै दलहरूलाई संयमित भएर काम गर्न आग्रह गरेको छ भने, आगामी दिनहरूमा शान्ति स्थापनाका लागि थप कदम चालिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए
सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
संविधानसभा सदस्यहरूलाई सरकारी कागजात किर्ते र पासपोर्ट दुरुपयोगमा दोषी ठहर
संविधानसभा सदस्यहरूलाई सरकारी कागजात किर्ते र पासपोर्ट दुरुपयोगमा दोषी ठहर
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?