कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
- काठमाडौँ ।
- काठमाडौँको कलङ्कीमा भएको कुटपिटमा गम्भीर घाइते भएका १८ वर्षीय रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ । काठमाडौँको कलङ्कीमा भएको कुटपिटमा गम्भीर घाइते भएका १८ वर्षीय रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौँको खसी बजारमा बस्दै आएका रोशनको स्थायी घर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ हो। सोही ठाउँका रूपेशलाई मंगलबार बिहान पक्राउ गरिएको हो।
काठमाडौँ महानगरपालिका–१४, कलङ्कीमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको खबर पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले रूपेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






