singel post top banner

अवकाशपछि दुई वर्ष वायुसेवा कम्पनीमा काम गर्न नपाउने प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
44 Views
अवकाशपछि दुई वर्ष वायुसेवा कम्पनीमा काम गर्न नपाउने प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • नागरिक उड्डयन क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीलाई अवकाशपछि वायुसेवा कम्पनीमा काम गर्न रोक लगाउने व्यवस्था सरकारले प्रस्ताव गरेको छ।

काठमाडौं । नागरिक उड्डयन क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीलाई अवकाशपछि वायुसेवा कम्पनीमा काम गर्न रोक लगाउने व्यवस्था सरकारले प्रस्ताव गरेको छ। संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा यस्तो प्रावधान राखिएको हो।

विधेयकको दफा ५१ अनुसार प्राधिकरणका अध्यक्ष, सञ्चालक समिति सदस्य, महानिर्देशक तथा विभागीय प्रमुखस्तरका कर्मचारी पदबाट जुनसुकै कारणले अलग भएको वा अवकाश पाएको मितिले दुई वर्षसम्म प्राधिकरणबाट नियमन हुने सेवा प्रदायक संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुन पाउने छैनन्।

यो व्यवस्थाले नियमनकारी जिम्मेवारीमा रहेका अधिकारीले पदमा रहँदा सेवा प्रदायक कम्पनीलाई अनुचित लाभ पुर्‍याउने र पछि त्यही कम्पनीमा आकर्षक पदमा जाने सम्भावित स्वार्थको द्वन्द्व रोक्ने उद्देश्य राखेको छ।

विधेयकले प्राधिकरणको सञ्चालक समिति र नेतृत्वमा नियुक्तिका लागि पनि स्वार्थको द्वन्द्वसम्बन्धी अयोग्यता तोकेको छ। दफा ९ को खण्ड (ङ) अनुसार, आफू वा परिवारका कुनै सदस्य प्राधिकरणसँगको कारोबार वा करारमा पक्ष भएको, वा त्यस्तो कारोबारमा आर्थिक स्वार्थ जोडिएको व्यक्ति सञ्चालक समिति सदस्य बन्न पाउने छैन।

महानिर्देशक नियुक्तिका लागि पनि यस्तै व्यवस्था प्रस्ताव गरिएको छ। दफा ३८ को उपदफा (६) को खण्ड (ख) अनुसार, आफू वा परिवारका सदस्यको प्राधिकरणसँग कारोबार रहेको वा आर्थिक स्वार्थ जोडिएको व्यक्ति महानिर्देशक पदमा नियुक्त हुन अयोग्य हुनेछ।

नियमनकारी निकायलाई निष्पक्ष, स्वतन्त्र र व्यावसायिक बनाउने उद्देश्यले यी प्रावधान प्रस्ताव गरिएको विधेयकमा उल्लेख छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
स्याङ्जामा ट्राफिक नियम उल्लंघन का कारण, दुर्घटना र जोखिम बढ्दै
स्याङ्जामा ट्राफिक नियम उल्लंघन का कारण, दुर्घटना र जोखिम बढ्दै
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भूत मेला र धार्मिक अनुष्ठानको उल्लासपूर्ण श्रद्धालु भीड
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
singel sidbar banner
singel sidbar banner 2