singel post top banner

मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
188 Views
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै अब संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै अब संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ। सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने स्पष्ट भएपछि उनले बुधबार रोष्टममै उभिएर पदत्याग गरेको घोषणा गरेका हुन्।

विश्वासको मत लिने तय भएको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री यादवले मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको बताए। उनको मन्तव्य सुरु भएलगत्तै विपक्षी सात दलका सांसदहरूले बैठक बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका थिए, जसले यादव बहुमत जुटाउन असमर्थ भएको संकेत झनै प्रष्ट बनायो।

सत्ता साझेदार दलको समर्थन मात्रले विश्वासको मत प्राप्त नहुने स्थिति बनेपछि उनले पदबाट हट्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरेका हुन्। यसैसँग, मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरणका लागि वातावरण तयार भएको छ।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २३ गते यादवलाई संविधानको धारा १६८(३) अन्तर्गत सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ जना प्रदेशसभा सदस्यहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोही रिटमाथि मंसिर १५ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने आदेश दिएको थियो। आदेश कार्यान्वयनका लागि आज बसेको प्रदेशसभा बैठकमा यादव बहुमत हासिल गर्न असफल रहे, जसपछि उनले सभामै राजीनामा घोषणा गर्दै आजै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाउने बताए।

यादवको राजीनामापछि अब प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढाउनेछन्। त्यसका लागि दलहरूबीच छलफल र नयाँ सत्ता समीकरण बन्ने प्रयास तीव्र हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए
सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
गोलबजारमा प्रदर्शनबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन, ७४ करोडभन्दा बढी रकमको क्षति
गोलबजारमा प्रदर्शनबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन, ७४ करोडभन्दा बढी रकमको क्षति
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?