singel post top banner

नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक १६, २०८२
195 Views
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
समाचार सारांश
  • काठमाडौँ — नेपाली राजनीति क्षेत्रमा ठूलो परिवर्तनको संकेत गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), र नेकपा (साम्यवादी) लगायत ८ वटा पार्टीबीच पार्टी एकता गर्न सहमति भएको छ।
  • यी सबै पार्टीहरूले एकताका लागि १८ बुँदे विस्तृत सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

काठमाडौँ — नेपाली राजनीति क्षेत्रमा ठूलो परिवर्तनको संकेत गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), र नेकपा (साम्यवादी) लगायत ८ वटा पार्टीबीच पार्टी एकता गर्न सहमति भएको छ। यी सबै पार्टीहरूले एकताका लागि १८ बुँदे विस्तृत सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यदलको बैठकमा यी सबै पार्टीहरूबीच एकता प्रक्रिया अघि बढाउने निर्णय भएको हो। यस बैठकमा सहभागी नेताहरूले मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय, र आर्थिक सामाजिक रुपान्तरण मार्फत समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकीकरण आवश्यक भएको बताएका छन्।

यसै क्रममा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रक्रिया अघि बढाउन विभिन्न पार्टीहरू बिच १८ बुँदे सहमति भएको हो। यस सहमति पत्रमा पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने कुरा स्पष्ट गरिएको छ। साथै, नेपाली राष्ट्रियताको विशेषता र वैज्ञानिक समाजवादको अवधारणा अनुसार नेपाली विशेषतामा आधारित कार्यक्रम अपनाउने सहमति भएको छ।

अगामी कदमको रूपमा, १९ गते यी सबै पार्टीहरूको एकता घोषणाका साथ एकता प्रक्रिया औपचारिक रूपमा शुरु गरिने निर्णय भएको छ। यस कार्यलाई सफल बनाउन पार्टीहरूबीच सहमति र समन्वय कायम राख्ने निर्णय गरिएको छ।

सहमतिका अनुसार, पार्टीको तात्कालिक कार्यनीति पुजिवादी जनवादी कान्तिका उपलब्धि रक्षा, राष्ट्रिय स्वाधीनता संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि तथा रूपान्तरणमा केन्द्रित रहनेछ। आन्दोलनको स्वरूप भने मुख्य रूपमा शान्तिपूर्ण रहनेछ र परिस्थिति अनुसार सडक, संसद, र सरकार लगायतका सबै मोर्चामा आन्दोलन जारी रहनेछ।

पार्टी एकता र संगठनात्मक संरचनाको लागि आगामी २०८२ कार्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। यस सम्मेलनबाट पार्टी एकताको घोषणापत्र, अन्तरिम विधान, र केन्द्रीय समिति गठन लगायतका प्रमुख कार्यहरू सम्पन्न गरिनेछ। साथै, आगामी छ महिनामा एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने योजना बनाइएको छ।

केन्द्रीय समितिको संरचना र गठन पनि सहमतिको आधारमा तय हुनेछ। यसमा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, र कार्यसंयोजन समिति रहनेछन्। संयोजक र सहसंयोजक पदहरू कायम रहनेछन् र प्रदेश, जिल्ला, पालिका, वडा तहमा समेत संयोजक र सहसंयोजक व्यवस्था गरिनेछ।

सभी तहमा पार्टी र जनसंगठनहरूबीच सहकार्य सुनिश्चित गर्न, सहमति र समझदारीका साथ पार्टी समितिहरू र प्रतिनिधिहरूको व्यवस्था गरिनेछ। दुई तहमा सदस्य रहने व्यवस्था र पार्टी सञ्चालन वर्तमान प्रणाली अनुसार हुनेछ।

पार्टीको नाम र चुनाव चिन्हको विषयमा भने अझै थप छलफल र सहमति आवश्यक रहेको छ। मतभेद समाधान गर्न निरन्तर छलफल र एकता महाधिवेशनबाट निष्कर्ष निकाल्ने निर्णय गरिएको छ।

यस प्रकार, नेपाली कम्युनिष्ट पार्टीहरूबीच ठूलो राजनीतिक एकता र संगठनात्मक एकीकरणको प्रक्रिया अघि बढ्दै गएको छ, जसले आगामी राजनीतिक परिवेशमा नयाँ अवसर र चुनौतीहरूको सामना गर्न तयार रहेको देखिन्छ।

569846317_1032251552326889_6641558663724938403_n

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
मधेसमा सत्ता संकट : मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
मधेसमा सत्ता संकट : मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?