singel post top banner

अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने

belwo post title ad banner
विजय सिंह विजय सिंह
आइतबार, आश्विन ४, २०८३
78 Views
अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने
समाचार सारांश
  • काठमाडौं, – नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको अटिजम समिट सफलतापूर्वक सम्पन्न भएको छ।
  • ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न समिटमा ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

काठमाडौं, – नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको अटिजम समिट सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न समिटमा ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। अटिजम समावेशीकरणका विषयमा आयोजित यो नेपालकै पहिलो राष्ट्रिय तथा बहुक्षेत्रीय सम्मेलन हो।

कार्यक्रममा वरिष्ठ सरकारी अधिकारी, संघीय संसदका सदस्य, अभिभावक तथा परिवारका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि, चिकित्सक, थेरापिस्ट तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समिटको आयोजना इन्क्लुसिभ एजुकेसन नेपाल, समानता स्कुल, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन, अटिजम केयर नेपाल सोसाइटी, आकार फाउन्डेसन नेपालसहित १९ वटा संस्थाले संयुक्त रूपमा गरेका थिए। सम्मेलनलाई प्रारम्भिक पहिचान तथा शिक्षा, अभिभावक तथा कानुनी अभिभावकत्व, आर्थिक सशक्तीकरण तथा सामाजिक जवाफदेहिता, स्वास्थ्य, विज्ञान तथा प्रविधि, नीति तथा सुशासन, र शिक्षा तथा अनुसन्धान गरी छ वटा विषयगत क्षेत्रमा विभाजन गरिएको थियो।

समिटअघि विभिन्न चरणमा भएका छलफलका आधारमा तयार पारिएका निष्कर्षहरू सम्बन्धित विषयगत टोलीहरूले सम्मेलनमा प्रस्तुत गरेका थिए। सम्मेलनका क्रममा विद्यालय तथा पारिवारिक सहयोग प्रणालीसँग सम्बन्धित अटिजमसम्बन्धी नेपालकै पहिलो राष्ट्रिय तथ्यांक पनि सार्वजनिक गरिएको आयोजकहरूले जनाएका छन्। उक्त तथ्यांकले नीति निर्माण तथा हालै गठन गरिएको कार्यदलका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

समापन समारोहमा नेपाल सरकार तथा समिटका सहआयोजक एवं साझेदार संस्थाहरूले ‘अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणा २०२६’ मा हस्ताक्षर गरेका थिए। घोषणापत्रमा अटिजम भएका बालबालिकाको प्रारम्भिक पहिचान, शैक्षिक सहयोग, प्रशिक्षित शिक्षकसहितको समावेशी शिक्षा प्रणाली विकास, कानुनी अभिभावकत्व तथा पारिवारिक सहयोग संरचना सुदृढीकरण, अटिजम भएका वयस्कका लागि रोजगारी तथा सामाजिक सुरक्षाको विस्तार, स्वास्थ्य सेवा तथा अनुसन्धानमा लगानी वृद्धि, र विभिन्न मन्त्रालयबीच समन्वय गरी नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

घोषणापत्रले अटिजमसम्बन्धी राष्ट्रिय कार्यदल गठन गर्ने व्यवस्था समेत गरेको छ। उक्त कार्यदलमा सरकार, आयोजक संस्था तथा परिवारका प्रतिनिधिहरू समावेश रहनेछन्। कार्यदलले घोषणापत्रमा उल्लिखित प्रतिबद्धताहरूलाई व्यवहारिक कार्यान्वयनमा लैजान भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै इन्क्लुसिभ एजुकेसन नेपालका निर्देशक राम तिवारीले अटिजमसम्बन्धी चुनौती समाधानका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको बताए। उनले भने, “यस विषयलाई कुनै एक संस्था वा व्यक्तिले मात्र सम्बोधन गर्न सक्दैन। यहाँ उपस्थित प्रत्येक मन्त्रालयसँग समस्याको एउटा हिस्सा छ, तर सम्पूर्ण समस्या कसैसँग पनि छैन। त्यसैले हामीले सबैलाई एउटै हलमा, एकै दिन भेला गराएर एउटै प्रश्नको सामूहिक जवाफ खोज्न आमन्त्रण गरेका हौं।”

आयोजकहरूका अनुसार नेपाल अटिजम समिट २०२६ ले अटिजम भएका व्यक्तिहरूको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक समावेशीकरणका विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सडक विभागले नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई महिना एकतर्फी सञ्चालन गर्ने जनाएको
सडक विभागले नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई महिना एकतर्फी सञ्चालन गर्ने जनाएको
संसद्‍मा थप १४ विधेयक दर्ता गर्ने तयारी, ३६ वटा विधेयक विचाराधीन
संसद्‍मा थप १४ विधेयक दर्ता गर्ने तयारी, ३६ वटा विधेयक विचाराधीन
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
सरकारको विपद् व्यवस्थापन तयारीमा कमजोरी, सांसदहरूको ध्यानाकर्षण
सरकारको विपद् व्यवस्थापन तयारीमा कमजोरी, सांसदहरूको ध्यानाकर्षण
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू सार्वजनिक
प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू सार्वजनिक
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?