singel post top banner

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, कार्तिक ८, २०८२
187 Views
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
समाचार सारांश
  • धनुषा।
  • मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।

धनुषा। मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ।

गंथासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए।

गुप्ताले यो वर्ष प्रतिअर्ध्य ६०० निर्धारण गरिएको बताए। उनले भने, “सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अर्घ्य राख्छन्। प्रत्येक वर्ष ३००-३५० पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।”

गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ। गंगासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दशैं सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए।

कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए। “कर्णले घाटमा अघ्र्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले भने।

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ। यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ। मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ।

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ। जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ। छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन्।

चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय-खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ। यस्तै, छठपर्वको अन्तिम दिन मंगलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभयो, सरकारको सिफारिस अनुसार मंगलबारदेखि लागू
राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभयो, सरकारको सिफारिस अनुसार मंगलबारदेखि लागू
सरकारले गरिब तथा विपन्न बिरामीको लागि १० प्रतिशत शय्या निःशुल्क व्यवस्था गर्न निर्देशन
सरकारले गरिब तथा विपन्न बिरामीको लागि १० प्रतिशत शय्या निःशुल्क व्यवस्था गर्न निर्देशन
उज्यालो नेपालले एक्लै बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची
उज्यालो नेपालले एक्लै बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?