singel post top banner

रासायनिक मल अभाव र वितरणमा बेथितिबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
59 Views
रासायनिक मल अभाव र वितरणमा बेथितिबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग
समाचार सारांश
  • काठमाडौं ।
  • रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति र कृषि मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि मन्त्री र मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका छन्।

काठमाडौं । रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति र कृषि मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि मन्त्री र मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका छन्।

मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा पर्याप्त मल देखिने विरोधाभासबारे जवाफ मागेका हुन्।

सांसद खगेन्द्र कर्णले मन्त्रीको सक्रियता देखिए पनि मन्त्रालयको कामकारबाहीमा ढिलासुस्ती भएको बताए। टेन्डर प्रक्रियामा हुने ढिलाइ र मल वितरणमा भइरहेको चुहावटले किसान मर्कामा परेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा वितरण प्रणाली पारदर्शी बनाउन मन्त्रालयलाई आग्रह गरे।

सांसद ज्ञानेन्द्रसिंह महताले सुदूरपश्चिमसहित विभिन्न जिल्लाका किसानले भोगिरहेका समस्या र कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे लिखित जवाफ मागे। उनले कृषिमा युवाको आकर्षण, जलवायु परिवर्तनको असर र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रविधि किसानका खेतसम्म पुग्न नसकेको विषयसहित १३ बुँदामा प्रश्न उठाए।

सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले सामाजिक सञ्जालमा भाइरल भएको कृषि मन्त्रालयसँग सम्बन्धित अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण माग गरे। नार्कको कार्यकारी निर्देशक नियुक्तिबारे प्रश्न उठाउँदै उनीहरूले विवादित व्यक्तिलाई पुनः नियुक्त गर्नुपर्ने बाध्यता के हो भनेर मन्त्रीसँग जवाफ मागे।

सांसद सुरेशकुमार चौधरीले स्पष्ट भूउपयोग नीति र सिँचाइको खाका नहुँदा कृषि क्षेत्र खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे। अर्गानिक मललाई प्राथमिकता दिने निर्णय कार्यान्वयनमा मन्त्रालय उदासीन रहेको भन्दै उनले रासायनिक मलमाथिको निर्भरता घटाउन जोड दिए।

बैठकमा सांसद सागर ढकालले समितिले नीतिगत विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। साना विषयमा अल्झिनुभन्दा दीर्घकालीन कृषि सुधारका काममा केन्द्रित हुन उनले आग्रह गरे।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
स्थानीय तहले महिला तथा बालिका हिंसा न्यूनीकरणका लागि नीति र कानुन निर्माण गर्दै
स्थानीय तहले महिला तथा बालिका हिंसा न्यूनीकरणका लागि नीति र कानुन निर्माण गर्दै
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनले सर्लाही र आसपासका क्षेत्रको विद्युत् आपूर्ति सुनिश्चितता
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनले सर्लाही र आसपासका क्षेत्रको विद्युत् आपूर्ति सुनिश्चितता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?