singel post top banner

सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, भाद्र १०, २०८३
29 Views
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
समाचार सारांश
  • काठमाडौं – रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणालीलाई सक्रिय बनाएको जनाएको छ।
  • मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क रहन र आवश्यक परेमा तत्काल उपचार तथा रिफर गर्ने व्यवस्था मिलाएको हो।

काठमाडौं – रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणालीलाई सक्रिय बनाएको जनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क रहन र आवश्यक परेमा तत्काल उपचार तथा रिफर गर्ने व्यवस्था मिलाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार, बाढीको सूचना पाएपछि मन्त्रालयले बिहानदेखि नै सतर्कता अपनाएको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयार रहन जानकारी गराइएको छ भने मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर पनि सक्रिय गरिएको छ।

“बिहानदेखि नै तयारी अवस्थामा छौं। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सूचित गरिसक्यौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क पनि सक्रिय गरिएको छ,” उनले अनलाइनखबरसँग बताएका छन्।

डा. अधिकारीका अनुसार, रसुवा र आसपासका क्षेत्रमा रहेका अस्पतालहरूमा प्राथमिक उपचार र बिरामीको अवस्था छुट्याउने ‘ट्रायज’ व्यवस्था मिलाएको छ। स्थानीय स्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्न तयारी गरिएको छ।

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका प्रमुख हब अस्पताललाई गम्भीर घाइतेको उपचारको लागि तयार राखेको जनाएको छ। प्रभावित क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

प्रवक्ता डा. अधिकारीका अनुसार, त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल र आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था हेरेर स्थानीय स्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।

“यस्ता विपद्को लागि पूर्वनिर्मित कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् व्यवस्थापन योजना हुन्छ। यदि स्थानीय अस्पतालले उपचार गर्न सक्दैन भने, हब अस्पतालमा रिफर गरी थप उपचार गराइन्छ,” उनले बताए।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध भएको छैन। प्रवक्ता अधिकारीका अनुसार, घाइते र प्रभावितको विवरण संकलन र अध्यावधिक गरिँदैछ र थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिनेछ।

“अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा संकलित भएको छैन। विवरण आएपछि हामी बेलुकासम्म अपडेट गर्नेछौं,” उनले भने।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
कारले ठक्कर दिँदा बुटवलमा ट्राफिक प्रहरीको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा
कारले ठक्कर दिँदा बुटवलमा ट्राफिक प्रहरीको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रमा अस्पताल सुरक्षित, थप बिरामी आउन सक्ने
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना: आयोगको स्पष्टीकरण
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना: आयोगको स्पष्टीकरण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?