singel post top banner

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनका ९ साझा प्रतिबद्धता: सुशासन, सेवा प्रवाह र संघीयता सुदृढीकरणमा जोड

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २८, २०८३
47 Views
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनका ९ साझा प्रतिबद्धता: सुशासन, सेवा प्रवाह र संघीयता सुदृढीकरणमा जोड
समाचार सारांश
  • विराटनगर ।
  • प्रदेश सरकारलाई सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी बनाउँदै संघीयता सुदृढ गर्ने प्रतिबद्धता सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले व्यक्त गरेका छन्।

विराटनगर । प्रदेश सरकारलाई सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी बनाउँदै संघीयता सुदृढ गर्ने प्रतिबद्धता सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले व्यक्त गरेका छन्। कोशीमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पूर्ण कार्यान्वयन, प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग र नागरिकमैत्री शासनलाई प्राथमिकतामा राखेको हो।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेकका मुख्यमन्त्री सहभागी थिए। उनीहरूले संघीयताबारेका भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट पार्दै नागरिकको विश्वास र अपनत्व बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

सम्मेलनबाट जारी साझा प्रतिबद्धतापत्रमा प्रदेश र स्थानीय तहबीचको संवैधानिक सम्बन्ध, सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, समावेशी विकास तथा प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषय समेटिएका छन्। मुख्यमन्त्रीहरूले व्यक्त गरेका नौ साझा प्रतिबद्धता यस्ता छन्:

१. संविधानको पूर्ण कार्यान्वयन र संघीयता सुदृढीकरण
संविधानले तय गरेको संघ, प्रदेश र स्थानीय तहको अधिकार, जिम्मेवारी तथा कार्यक्षेत्रको सम्मान र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। संघीय शासनलाई व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्रशासनिक सुधार गर्दै तीनै तहबीच समन्वय, सहकार्य र साझेदारी सुदृढ गरिनेछ।

२. प्रदेश–स्थानीय तह सम्बन्ध र स्थानीय स्वायत्तताको सम्मान
प्रदेश र स्थानीय तहको अधिकारक्षेत्र तथा जिम्मेवारीको सम्मान गर्दै अधिकार दोहोरिने, अनावश्यक हस्तक्षेप हुने वा कार्यक्षेत्र अतिक्रमण हुने अवस्था रोक्ने प्रतिबद्धता गरिएको छ। स्थानीय तहका एकल अधिकारका विषयमा हस्तक्षेप नगर्ने र उनीहरूलाई प्रतिस्पर्धी नभई विकास साझेदारका रूपमा लिने नीति अपनाइनेछ।

स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता, स्रोत परिचालन र सेवा प्रवाहमा सहजीकरण गरिनेछ। आयोजना छनोट तथा कार्यान्वयनमा समन्वय गर्दै साना, टुक्रे र खुद्रे आयोजनामा सार्वजनिक स्रोतको अनावश्यक विनियोजन निरुत्साहित गरिनेछ।

३. सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी प्रादेशिक शासन
प्रदेश सरकारअन्तर्गतका संरचना, निकाय, समिति, बोर्ड तथा कार्यालयको आवश्यकता, औचित्य, कार्यसम्पादन र उपलब्धिका आधारमा नियमित समीक्षा गरिनेछ। आवश्यकताअनुसार तिनलाई एकीकरण, पुनर्संरचना वा खारेज गर्दै प्रशासनिक संरचनालाई सक्षम, चुस्त र मितव्ययी बनाइनेछ।

जनशक्तिको क्षमता विकास, अनावश्यक प्रशासनिक खर्च न्यूनीकरण र सार्वजनिक प्रशासनलाई व्यावसायिक, निष्पक्ष, जवाफदेही तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता पनि गरिएको छ। बचत भएको स्रोत नागरिक सेवा, उत्पादन, रोजगारी, पूर्वाधार र सामाजिक क्षेत्रमा परिचालन गरिनेछ। एउटै प्रकृतिका काम गर्ने प्रदेशस्तरीय कार्यालय, निकाय र आयोगलाई समान नामबाट सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ।

४. सुशासन, पारदर्शिता र नतिजामुखी सार्वजनिक वित्त व्यवस्थापन
आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, स्रोत सुनिश्चितता तथा वार्षिक नीति र कार्यक्रमबीच तालमेल कायम गरिनेछ। नीति, योजना, बजेट, सार्वजनिक खरिद र खर्च प्रणालीलाई पारदर्शी, जवाफदेही, मितव्ययी तथा नतिजामुखी बनाइने प्रतिबद्धता गरिएको छ।

सार्वजनिक स्रोतको विनियोजन राजनीतिक पहुँच, व्यक्तिगत स्वार्थ वा अन्य प्रभावबाट मुक्त राख्दै उत्पादन, उत्पादकत्व, रोजगारी, गुणस्तरीय सेवा र सामाजिक–आर्थिक प्रतिफल दिने प्राथमिकताप्राप्त आयोजनामा केन्द्रित गरिनेछ। वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, लेखापरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउँदै भ्रष्टाचार तथा सार्वजनिक स्रोतको दुरुपयोगप्रति शून्य सहनशीलता अपनाइनेछ।

५. नागरिककेन्द्रित सेवा र समावेशी विकास
विकास प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सीप विकास, सामाजिक सुरक्षा लगायतका सेवाको पहुँच, गुणस्तर र जवाफदेहिता बढाइनेछ। सेवा प्रवाहलाई सरल, सहज, प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउने लक्ष्य राखिएको छ।

प्रदेशभित्रका सबै क्षेत्र, वर्ग, समुदाय, लिङ्ग, उमेर समूह, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायको सहभागिता र अवसर सुनिश्चित गर्दै विकासका लाभको न्यायोचित वितरण गरिनेछ। क्षेत्रीय असन्तुलन, गरिबी, बेरोजगारी र सामाजिक विभेद घटाउन समावेशी तथा सन्तुलित विकासको अवधारणा अपनाइनेछ।

६. असल अभ्यास, ज्ञान र प्रविधिको आदानप्रदान
प्रदेशहरूले नीति निर्माण, योजना तथा बजेट व्यवस्थापन, सार्वजनिक सेवा, संस्थागत सुधार, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा हासिल गरेका अनुभव तथा उपलब्धि नियमित रूपमा आदानप्रदान गर्नेछन्। साझा चुनौती समाधान र संस्थागत क्षमता अभिवृद्धिका लागि आपसी सिकाइ, संयुक्त अध्ययन, अनुसन्धान तथा ज्ञान व्यवस्थापनलाई अघि बढाइनेछ।

आवश्यकताअनुसार विषयगत संवाद, छलफल, अध्ययन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी प्रदेशहरूबीचको सहकार्यलाई परिणाममुखी बनाइनेछ।

७. साझा प्रादेशिक आवाज र संघीयताको सवलीकरण
संघीयताको लाभ नागरिकले दैनिक जीवनमा अनुभव गर्ने गरी कार्यान्वयन गरिनेछ। संघीयताबारेका भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट पार्दै नागरिकको विश्वास र अपनत्व बढाइनेछ।

प्रदेशका संवैधानिक अधिकार, जिम्मेवारी र साझा सरोकारका विषयमा दलीय, व्यक्तिगत तथा प्रदेशगत स्वार्थभन्दा माथि उठेर साझा धारणा बनाइनेछ। संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई संविधानको मर्मअनुसार विश्वासिलो र परिणाममुखी बनाउँदै संवाद, समन्वय तथा सहकार्यबाट साझा समस्या समाधान गरिनेछ। अन्तरप्रदेशीय सहकार्यलाई नियमित र संस्थागत बनाउने प्रतिबद्धता पनि गरिएको छ।

८. नागरिक सहभागिता, प्रमाणमा आधारित र डिजिटल शासन
एकीकृत तथ्याङ्क तथा सूचना प्रणाली विकास र व्यवस्थापन गर्दै नीति, योजना, बजेट तथा विकास प्राथमिकता निर्धारणमा नागरिक, स्थानीय समुदाय, निजी तथा सहकारी क्षेत्र, शैक्षिक संस्था र अनुसन्धान निकायको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।

नीति तथा सार्वजनिक स्रोतको विनियोजन आवश्यकता, तथ्य, प्रमाण र परिणामका आधारमा गरिनेछ। नागरिकका सुझाव, गुनासा, अनुभव र निगरानीलाई डिजिटल तथा अन्य सहज माध्यमबाट संकलन र विश्लेषण गरी निर्णय प्रक्रियामा उपयोग गरिनेछ।

९. कार्यान्वयन, अनुगमन र समीक्षा
प्रतिबद्धतापत्र कार्यान्वयन गर्न प्रत्येक प्रदेशले आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअनुसार आवश्यक नीति, संस्थागत व्यवस्था तथा कार्ययोजना तयार गर्नेछ। प्रगति, उपलब्धि र चुनौतीको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्रीस्तरीय अन्तरप्रदेश बैठक वा सम्मेलन आयोजना गरिनेछ।

आवश्यकताअनुसार विषयगत कार्यसमूह गठन गरी समन्वय, सहकार्य, अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाइनेछ। कार्यान्वयनबाट प्राप्त सिकाइ तथा उपलब्धिलाई आगामी नीति, योजना र कार्यक्रमसँग जोडिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको व्यापक रूपान्तरण र युवा समावेशीकरणमा जोड दिए
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको व्यापक रूपान्तरण र युवा समावेशीकरणमा जोड दिए
नेपाल ट्रस्टको जग्गा प्रकरण: तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता
नेपाल ट्रस्टको जग्गा प्रकरण: तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
singel sidbar banner
singel sidbar banner 2