सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
- सर्लाही ।
- सर्लाहीको हरिवनमा सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको विषयलाई लिएर भूसेवा प्रयोगकर्ता र कानुनी लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन्।
सर्लाही । सर्लाहीको हरिवनमा सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको विषयलाई लिएर भूसेवा प्रयोगकर्ता र कानुनी लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन्। मालपोत र नापी कार्यालयका व्यवसायीहरूले सेवा ठप्प बनाएर विरोध प्रदर्शन थालेका हुन्।
व्यवसायीहरूले आफूहरूलाई सरकारले अनावश्यक रूपमा बिचौलिया ट्याग लगाएर अपमान गरेको र कार्यालयभित्र प्रवेश गर्न नदिएको भन्दै विरोध जनाएका हुन्। उनीहरूले आफ्ना सटरहरू पूर्ण रूपमा बन्द गरी ‘हामी बिचौलिया होइनौँ’ भन्ने नारासहित आन्दोलन थालेका छन्। यसका कारण जग्गा प्रशासनसँग सम्बन्धित मालपोत र नापी कार्यालयका कामकाज प्रभाव परेको छ।
स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारीले भने, “हामी कानुनबमोजिम काम गर्ने व्यवसायीलाई सरकारले बिचौलिया भनेर ट्याग लगाउनु र कार्यालय प्रवेशमा रोक लगाउनु गलत हो। यसैकारण हामीले आफ्ना सटर बन्द गरी विरोध गर्न बाध्य भएका हौँ।”
व्यवसायीहरूको आन्दोलनका कारण सेवाग्राहीहरू, विशेषगरी जग्गा किनबेच, रोक्का र फुकुवा जस्ता कामहरू प्रभावित भएका छन्। सर्वसाधारणहरू कार्यालयको सेवा बन्द हुनु र व्यवस्थित व्यवस्थापनको अभावमा मर्कामा परेका छन्। व्यवसायीहरूले भने, आफूहरूको सम्मानजनक उपस्थिति र सहज वातावरण नबनेसम्म आन्दोलन जारी रहने बताएका छन्।
यस विषयमा प्रभावित स्थानीयहरू र सेवाग्राहीहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले यस विषयमा शीघ्र वार्ता र समाधान खोज्न आवश्यक रहेको क्षेत्रीय स्रोतहरूको भनाइ छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






