singel post top banner

राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा सर्वदलीय बैठक, सुनसरीको तनावपूर्ण अवस्था समाधानका लागि छलफल जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, श्रावण १३, २०८३
9 Views
राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा सर्वदलीय बैठक, सुनसरीको तनावपूर्ण अवस्था समाधानका लागि छलफल जारी
समाचार सारांश
  • काठमाडौँ — सुनसरीमा गत केही दिनदेखि उत्पन्न तनावपूर्ण परिस्थितिप्रति गम्भीरता व्यक्त गर्न र सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरिएको छ।
  • यस बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सद्भाव कायम राख्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

काठमाडौँ — सुनसरीमा गत केही दिनदेखि उत्पन्न तनावपूर्ण परिस्थितिप्रति गम्भीरता व्यक्त गर्न र सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरिएको छ। यस बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सद्भाव कायम राख्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताहरूले पनि सरकारको उपस्थितिको अभावमा असन्तुष्टि जनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षले संयमित रहन र सामाजिक सद्भाव कायम राख्न जोड दिए। उनले भने, “विगतका विपद् र जटिल परिस्थितिहरूमा हामीले साझा सहमति र राष्ट्रिय एकताको मिसाल कायम गरेका थियौं। आज पनि त्यही राजनीतिक परिपक्वता र जिम्मेवारी आवश्यक छ।”

प्रचण्डले सरकारलाई समयमै सर्वदलीय छलफल डाक्न र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरे। उनले थपे, “बल प्रयोगले समस्या समाधान हुँदैन। संवाद, सहमति र राजनीतिक समझदारी नै दीर्घकालीन समाधान हो।” उहाँले बाहिरी तत्वहरूले वातावरणविपरीत गतिविधि गर्न सक्ने सम्भावना देखाउँदै उच्च सतर्कता अपनाउनुपर्ने बताए।

नेपाली कांग्रेसका सभापति गगन थापाले समयमै सर्वदलीय बैठक बोलाएकोमा रास्वपा र रवि लामिछानेलाई धन्यवाद दिए। उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई नेपाली समाजको शक्ति र साझा सम्पदा भनी प्रशंसा गरे। साथै, कांग्रेसले आफ्ना प्रतिनिधिहरूलाई संयमित रहन र साना–साना बैठकमार्फत सद्भाव फैलाउन निर्देशन दिएको जानकारी दिए।

बैठकमा सभापति थापाले वर्तमान सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, “यतिखेर सरकार के गर्दैछ? कहाँ छ सरकार? यथास्थितिमा मात्र सीमित रहनु हुँदैन। नेतृत्व गर्नुपर्ने बेला हो।” उनले सरकारको नेतृत्व क्षमतामा प्रश्न चिह्न लगाउँदै, प्रधानमन्त्रीले तुरुन्तै सर्वदलीय बैठक बोलाउनुपर्ने आवश्यकता औंल्याए।

पछिल्ला संकटहरूमा दलहरू एक ठाउँमा उभिन परम्परा रहेको उल्लेख गर्दै, थापाले वर्तमान प्रधानमन्त्रीको निष्क्रियता प्रति क्रोध व्यक्त गरे। उनले भने, “यस समयमा प्रधानमन्त्रीले निष्क्रियता देखाउनु भनेको लोकतन्त्र र सरकारको असफलता हो। सबैलाई जोड्न र विश्वास जित्न तत्काल कदम चाल्न आवश्यक छ।”

अधिकारकाले बाहिरी शक्तिहरूले वातावरण भड्काउने प्रयास गर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे। यसैबीच, कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनले पार्टीको बैठकलाई थप संवेदनशील बनाएको छ। बैठकमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी भएका थिए।

सुनसरी लगायत प्रभावित क्षेत्रहरूमा पूर्वसतर्कता अपनाउन र सबै दलबीच सहकार्य र समन्वय कायम राख्न बैठकले साझा सहमति जनाएको छ। यस कार्यक्रमले राजनीतिक स्थिरता र सामाजिक सद्भाव कायम राख्नका लागि महत्वपूर्ण कदम भएको विश्लेषण गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
नेपाल र साउदी अरबबीच दीर्घकालीन द्विपक्षीय श्रम सम्झौता हस्ताक्षर
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?