singel post top banner

डा. बाबुराम भट्टराईले नयाँ दिल्लीमा दक्षिण एसियाको भू–राजनीतिक अवस्थालाई लिएर दिएका विचार

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन २८, २०८२
195 Views
डा. बाबुराम भट्टराईले नयाँ दिल्लीमा दक्षिण एसियाको भू–राजनीतिक अवस्थालाई लिएर दिएका विचार
समाचार सारांश
  • नयाँ दिल्ली — भारतको नयाँ दिल्लीमा आयोजना भएको ‘एनएक्सटी समिट २०२६’ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्।

नयाँ दिल्ली — भारतको नयाँ दिल्लीमा आयोजना भएको ‘एनएक्सटी समिट २०२६’ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। उनले नेपालको अवस्थालाई केवल दुई ढुङ्गाबिचको तरुल वा चेपुवाको रूपमा हेर्नु गलत भएको बताए। यसको सट्टा, नेपाललाई दुई उदीयमान शक्ति राष्ट्रहरूलाई जोड्ने गतिशील पुलको रूपमा विकास गर्न आवश्यक रहेको उनको जोड थियो।

डा. भट्टराईले विश्वको राजनीतिक र आर्थिक वातावरण तीव्र रूपमा परिवर्तन हुँदै गएको अवस्थामा साना राष्ट्रहरूले आफ्नो रणनीतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालमा उदाउँदै गरेका युवाशक्ति र नेतृत्वप्रति गर्व व्यक्त गर्दै, युवाहरूलाई देशलाई समृद्धिको मार्गमा लैजान सम्पूर्ण रुपमा सक्षम रहेको विश्वास व्यक्त गरे।

प्रविधिको व्यापक विकासले विश्वलाई एक परिवारको रूपमा जोड्ने ‘वसुधैव कुटुम्बकम्’ भन्ने अवधारणालाई व्यवहारिक रुपमा व्यवहारमा उतार्न सजिलो भएको उनले बताए। नेपालले भारतको तीव्र आर्थिक वृद्धि र विकासबाट पर्याप्त लाभ लिन सक्ने कुरामा उनले जोड दिए। दक्षिण एसियाको गरिबी र अस्थिरताको मुख्य कारण स्रोतको अभाव होइन, कमजोर संस्थागत संरचना र शासकीय असफलता रहेको उनको विश्लेषण छ।

उनले आफ्नो सम्बोधनमा भने, दक्षिण एसियाली मुलुकहरूले विकासका लागि आपसमा घनिष्ठ सहकार्य गर्नुपर्ने र विश्वव्यापी साझेदारीको फाइदा उठाउनुपर्ने कुरामा जोड दिए। बदलिँदो विश्व परिवेशमा नेपाल जस्ता देशहरूले आफ्नै अनुकूल रणनीति विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

नयाँ दिल्लीमा भएको यो उच्चस्तरीय संवादमा डा. भट्टराईको विचारलाई क्षेत्रीय राजनीतिमा नयाँ दृष्टिकोणका रूपमा हेरिएको छ, जसले दक्षिण एसियाको भविष्यमाथि सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँमा तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
पर्सामा एक महिनामा १११ अपराध दर्ता, लागुऔषध मुद्दामा २४ जना पक्राउ
पर्सामा एक महिनामा १११ अपराध दर्ता, लागुऔषध मुद्दामा २४ जना पक्राउ
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?