singel post top banner

हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु

belwo post title ad banner
रासस रासस
बुधबार, चैत्र १८, २०८२
115 Views
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
समाचार सारांश
  • मकवानपुर ।
  • हेटौँडा सिमेन्ट उद्योगले आफ्नो भट्टीको उपकरण मर्मत गरी आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको उद्योग व्यवस्थापनले जनाएको छ।

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो भट्टीको उपकरण मर्मत गरी आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगको आगो बाल्ने भट्टी (कोलमिल) को केही उपकरण बिग्रिएपछि उत्पादन प्रक्रियामा बाधा आएको थियो। उपकरण मर्मत भएपछि आजदेखि सिमेन्ट उत्पादन पुनः सुरु गरिएको हो।

उद्योग व्यवस्थापनले गत चैत १४ गते करिब सात महिनापछि पहिलो पटक सिमेन्ट उत्पादन सुरु गरेको थियो। तर, चैत १५ गते अपराह्न आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर भट्टी बन्द गर्नुपरेको थियो।

गत राति कोइला ढुवानी गरी भट्टीमा आगो बालाइएको थियो, जसले गर्दा सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्करको कार्य सम्पन्न भएको छ। उद्योगले अहिले आवश्यक कोइला जगेडामा राखेको र आगामी दुई महिनासम्म कोइला अभावले उत्पादनलाई असर नपर्ने व्यवस्था मिलाएको उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए।

उद्योगले हाल दैनिक ११ हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ, जुन यसको अधिकतम क्षमता १८ हजार बोरा भन्दा कम हो। उपकरणको जीर्णता र आवश्यक कच्चा पदार्थको अभावका कारण उत्पादनमा बाधा आएको थियो।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित यस उद्योगको स्थापना तत्कालीन सरकारले करिब एक अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो। विसं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले यस उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए।

यस उद्योगले काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगञ्ज लगायतका शहरहरूमा सिमेन्ट बिक्री गर्दै आएको छ। उद्योगको मर्मत र आवश्यक कच्चा पदार्थको व्यवस्था पुरा भएपछि यसको उत्पादन र वितरणमा वृद्धि हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
शेयर बजारमा निर्वाचन परिणामपछि सकारात्मक उछाल, बजारले ४% को वृद्धि देखायो
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?