singel post top banner

हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु

belwo post title ad banner
रासस रासस
बुधबार, चैत्र १८, २०८२
147 Views
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
समाचार सारांश
  • मकवानपुर ।
  • हेटौँडा सिमेन्ट उद्योगले आफ्नो भट्टीको उपकरण मर्मत गरी आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको उद्योग व्यवस्थापनले जनाएको छ।

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो भट्टीको उपकरण मर्मत गरी आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगको आगो बाल्ने भट्टी (कोलमिल) को केही उपकरण बिग्रिएपछि उत्पादन प्रक्रियामा बाधा आएको थियो। उपकरण मर्मत भएपछि आजदेखि सिमेन्ट उत्पादन पुनः सुरु गरिएको हो।

उद्योग व्यवस्थापनले गत चैत १४ गते करिब सात महिनापछि पहिलो पटक सिमेन्ट उत्पादन सुरु गरेको थियो। तर, चैत १५ गते अपराह्न आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर भट्टी बन्द गर्नुपरेको थियो।

गत राति कोइला ढुवानी गरी भट्टीमा आगो बालाइएको थियो, जसले गर्दा सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्करको कार्य सम्पन्न भएको छ। उद्योगले अहिले आवश्यक कोइला जगेडामा राखेको र आगामी दुई महिनासम्म कोइला अभावले उत्पादनलाई असर नपर्ने व्यवस्था मिलाएको उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए।

उद्योगले हाल दैनिक ११ हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ, जुन यसको अधिकतम क्षमता १८ हजार बोरा भन्दा कम हो। उपकरणको जीर्णता र आवश्यक कच्चा पदार्थको अभावका कारण उत्पादनमा बाधा आएको थियो।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित यस उद्योगको स्थापना तत्कालीन सरकारले करिब एक अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो। विसं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले यस उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए।

यस उद्योगले काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगञ्ज लगायतका शहरहरूमा सिमेन्ट बिक्री गर्दै आएको छ। उद्योगको मर्मत र आवश्यक कच्चा पदार्थको व्यवस्था पुरा भएपछि यसको उत्पादन र वितरणमा वृद्धि हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारी, दुई आयोजनाले ३५१ मेगावाट विद्युत् उत्पादन गर्ने
बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारी, दुई आयोजनाले ३५१ मेगावाट विद्युत् उत्पादन गर्ने
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
राससको केन्द्रीय तालिम केन्द्रको निर्माण अन्तिम चरणमा, सञ्चारमन्त्री खरेलले अवलोकन गरे
राससको केन्द्रीय तालिम केन्द्रको निर्माण अन्तिम चरणमा, सञ्चारमन्त्री खरेलले अवलोकन गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?