singel post top banner

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २९, २०८१
278 Views
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
समाचार सारांश
  • काठमाडौँ, २९ फागुन ।
  • नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् ।

काठमाडौँ, २९ फागुन । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।

फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उहाँले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोज्नुभयो । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ । “हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोसिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छभने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलत्कारका विषय चलचित्रमा समेटेका छौँ”, निर्देशक महर्जनले भन्नुभयो ।

उहाँले चलचित्रलाई बिनासम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिनुभयो । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलोपटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा राम्रो चलचित्र बनाउन र नेपालमै उपलब्ध स्रोतसाधनको प्रयोग गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनाका साथै जोखिम पनि उत्तिकै हुन्छ ।”

विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैँले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औँला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेमकथानक चलचित्रमा देखिरहनुभएका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो । “एकै किसिमको चलचित्रमा काम गर्दा हाम्रो विषयमा धारणा नै बन्छ, त्यसकारण पनि मैले जोखिम मोलेर फरक विधामा प्रयास गरेँ । छायाङ्कनका क्रममा घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ”, उहाँले भन्नुभयो ।

चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताउनुभयो । “हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दर्शकसम्म ल्याउन समय लागेको हो किनकि विदेशी चलचित्र हेरेर तारिफ गर्ने दर्शकले हाम्रोमा कमी नदेखुन् भन्ने हामी सम्पूर्ण निर्माण समूहलाई लाग्थ्यो । पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भनेर द्वन्द्वप्रधान चलचित्र निर्माण सुरु गरेका थियौँ । त्यसैले यसमा गर्नुपर्ने मेहनत र लगानीमा कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक महर्जनले भन्नुभयो ।

उहाँका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गर्नुभएको हो । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गर्नुभएको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया र कार्यविधि फरक फरक
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया र कार्यविधि फरक फरक
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तीमा १११ मृत्युदर र ठूलो क्षति
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तीमा १११ मृत्युदर र ठूलो क्षति
राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?