singel post top banner

बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास

belwo post title ad banner
रासस रासस
शनिबार, पौष ५, २०८२
222 Views
बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास
समाचार सारांश
  • काठमाडौँ – राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रमको समस्या गम्भीर रूपमा उब्जिएको र यसको अन्त्य गर्न आवश्यक सबै पक्षको हातेमालो आवश्यक रहेको बताएका छन्।
  • उनले बालश्रम बालअधिकारको उल्लङ्घन हो भन्दै यसको रोकथाम र बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि संयुक्त प्रयास गर्न आग्रह गर्नुभयो।

काठमाडौँ – राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रमको समस्या गम्भीर रूपमा उब्जिएको र यसको अन्त्य गर्न आवश्यक सबै पक्षको हातेमालो आवश्यक रहेको बताएका छन्। उनले बालश्रम बालअधिकारको उल्लङ्घन हो भन्दै यसको रोकथाम र बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि संयुक्त प्रयास गर्न आग्रह गर्नुभयो।

राष्ट्रिय बाल संरक्षण सञ्जाल र शिक्षा अधिकार अनुगमन समूहको आयोजना तथा लुिनभा, सिविस, बालविकास समाज, स्वतन्त्रता अभियान र बालकल्याण समाज मकवानपुरको सहकार्यमा ‘बालश्रम अन्त्यका लागि शिक्षाः अन्तरसम्बन्ध र प्रभाव’ विषयक छलफल कार्यक्रममा उपाध्यक्ष बानियाँले बालश्रम विरुद्धको अभियानमा परिषद्ले सक्रिय भूमिका निभाउँदै आएको उल्लेख गर्नुभयो।

परिषद्ले संरक्षणविहीन बालबालिकाको उद्धार र पुनःस्थापना, श्रमिक बालबालिकाको शिक्षासहित अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई मजबुत बनाउँदै काम गरिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव शङ्कर अधिकारीले विद्यालयमा ‘ड्रपआउट’ घटाउने, सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्ने र शिक्षामार्फत बालश्रमलाई कम गर्न सरकारले विशेष कदम चालेको जानकारी दिनुभयो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव जितेन्द्रप्रसाद शर्माले मन्त्रालयले क्षेत्रगत पद्धति अपनाउँदै स्थानीय तहसँग सहकार्य गरी बालश्रममुक्त स्थानीय तह घोषणा गर्न कार्यविधि २०७७ अनुसार काम भइरहेको बताए।

बालअधिकार अभियानकर्मी मिलनराज धरेलले नेपालमा बालश्रमको अवस्था विश्लेषण गर्दै शिक्षामा पहुँच वृद्धि र टिकाउपन सुनिश्चित गर्न, कानुनको प्रभावकारी कार्यान्वयन गर्न, बहुक्षेत्रीय समन्वय सुदृढ गर्न र परिवार तथा समुदायलाई सशक्त बनाउन आवश्यक रहेको बताए।

शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक र एनएसिजीका सहअध्यक्ष नरेन्द्र डङ्गोलले बाल संरक्षण प्रणाली र परिवारको लागि सामाजिक–आर्थिक सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो।

नागरिक समाजको तर्फबाट एनएसिजीकी अध्यक्ष ऋतु भट्टराईले श्रमिक बालबालिकालाई शिक्षामा रुपान्तरण गर्न नागरिक समाज सञ्जालको भूमिका, सरकारी नीति र कार्यक्रमको कार्यान्वयनमा निगरानी तथा दबाब र बालश्रमलाई राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्न गरिएको प्रयासबारे धारणा व्यक्त गर्नुभयो।

यस कार्यक्रमले बालश्रम विरुद्धको अभियानलाई थप सक्रियता दिने र बालअधिकार संरक्षणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा बलियो बनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?